×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

एसइईको नतिजाप्रति चित्त बुझेन विद्यार्थीको, परीक्षा बोर्ड र विद्यार्थीको त्रुटि नै त्रुटि !

३२ श्रावण २०८१

३२ साउन, विराटनगर ।

यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाप्रति धेरै विद्यार्थीले चित्त बुझाउन सकेका छैनन् । असन्तुष्ट रहेर पुनर्योगका लागि आवेदन दिने विद्यार्थीहरूको संख्याले पनि । एसइईको नतिजाप्रति धेरैको चित्त नबुझेको प्रष्ट पार्छ ।

Advertisement
Advertisement

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म एसइईको नतिजालाई लिएर पुनर्योगका लागि आवदेन दिने विद्यार्थीको संख्या १८ हजार ६१२ रहेको छ । जुन, अरू वर्षको तुलनामा धेरै नै हो । त्यसरी आवेदन दिएकामध्ये अब ३० जनाको नतिजा सार्वजनिक हुन बाँकी रहेको परीक्षा बोर्डले जनाएको छ ।

आवेदनपछि नतिजा ‘क्रसचेक’ गर्दा ८४३ विषयमा नतिजा परिवर्तन भएको छ । यसो भनेको कुल आवेदनको ४.६ प्रतिशत हुन आउँछ । बोर्डले नतिजामा त्रुटि आउनुमा थुप्रै कारण पत्ता लगाएको छ । जसमध्ये मार्कस्लिपमा अंक चढाउँदा र कम्प्युटरमा प्रविष्ट गर्दा सबैभन्दा धेरै अर्थात् १.१४ प्रतिशत त्रुटि देखिएको छ । उत्तरपुस्तिकाबाहिर अंक चढाउँदा ०.९४ प्रतिशत त्रुटि भएको छ  ।

बाहिर अंक जोड्दा ०.८७ प्रतिशत र उत्तरपुस्तिका परीक्षणका क्रममा ०.७० प्रतिशत त्रुटि भएको देखिएको छ  । परीक्षण गर्दा र जोड्दा दुवैमा भएको त्रुटि ०.०४ प्रतिशत छ  । उत्तरपुस्तिकाबाहिर अंक चढाउँदा र जोड्दा ०.९२ प्रतिशत, जोड्दा र प्रविष्ट गर्दा ०.०१ प्रतिशत र परीक्षण गर्दा, अंक चढाउँदा र जोड्दा ०.०१ प्रतिशत त्रुटि देखिएको बोर्डले जनाएको छ ।

यसरी सरसर्ती बाहिरबाट हेर्दा बोर्डको कमजोरीका कारण नतिजामा त्रुटि भयो भन्ने देखिएको छ । तर, परीक्षार्थी आफैंले पनि गलत अंक लेखेका कारण समस्या देखिएको अनि कतै परीक्षणका क्रममा पनि समस्या बोर्डको ठहर छ ।

Advertisement
Advertisement

नतिजा चित्त नबुझेर पुनर्योगका लागि आवदेन दिनेको संख्या यो वर्ष धेरै भए पनि परिवर्तन भएको नतिजा भने गत वर्षको भन्दा थोरै हो । २०७९ सालमा एसइईको नतिजाप्रति चित्त नबुझाई पुनर्योगका लागि तीन हजार ४५६ जनाले आवेदन दिएकोमा ९६४ अर्थात् आवेदनको २५ प्रतिशतको नतिजा परिवर्तन भएको थियो । त्यस्तै २०७८ सालमा ६४१ को आवेदन परेकोमा २९८ अर्थात् ४.९३ प्रतिशतको नतिजा परिवर्तन भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top