३२ साउन, विराटनगर ।
नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज लागि एक लाख ४९ हजार छ सय रुपैयाँ निर्धारण भएको हो ।
त्यसअघि गत मंगलबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । उक्त दिन सुन एक लाख ५० हजार आठ सय रुपैयाँ कायम भएको थियो । बुधबार एक लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थिइ भने बिहीबार यथावत मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रुपैयाँ निर्धारण भएको छ ।