×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

गट्ठाघर दुर्घटनाका मृतक आफ्नो बहिनी भएको भन्दै प्रहरीलाई सूचना दिने युवक समातिए

३२ श्रावण २०८१

३२ साउन, काठमाडौं ।

भक्तपुरको गठ्ठाघरमा मृत्यु भएका व्यक्तिलाई आफ्नो बहिनी भएको दाबी गर्ने युवक पक्राउ परेका छन् ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका-४ का अन्दाजी ३० वर्षीय शम्भु नेपाली रहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनालगत्तै आफ्नी २३ वर्षीय बहिनीको मृत्यु भएको भन्दै नेपालीले प्रहरीमा विवरण टिपाएका थिए । प्रहरीले सोही विवरण सञ्चारमाध्यमलाई उपलब्ध गराएको थियो ।

तर, नेपालीले भनेझैं २३ वर्षीया युवती नभई ६५ वर्षीय वृद्धको मृत्यु भएको खुलेसँगै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यसअघि पनि उनले पटक-पटक आफ्नी बहिनीको मृत्यु भएको भनेर गलत हल्ला फैलाउने गरेको पाइएको छ ।

हिजो पनि उनले आफ्नो बहिनीको मृत्यु भएको भन्दै भिडलाई उक्साएर भागेका थिए । जसकारण प्रहरीले अश्रु ग्यास नै प्रहार गर्नु परेको थियो ।

Advertisement
Advertisement

उक्त दुर्घटनामा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top