एमाले र कांग्रेसले मात्र संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुन्छ : शेखर कोइराला

३२ साउन ८१, शुक्रबार
Share this
709shares

३२ साउन, विराटनगर ।

Advertisement

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले र कांग्रेसले मात्र संविधान संशोधन गर्न खोजे मुलुकमा जटिलता उत्पन्न हुनसक्ने जोखिम औंल्याएका छन् ।

मोरङको बूढीगंगा गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै डा. कोइरालाले दुई दलको मात्र हठले संविधान संशोधन हुन नसक्ने बताएका हुन् ।

Advertisement

सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने सुझाव दिँदै कोइरालाले भने, ‘कांग्रेस-एमालेको करिब दुई तिहाइ बहुमत छ । तर पनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्छ । दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुन्छ ।’

संविधान संशोधनका लागि जनमत संग्रहजस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top