Nepal Times
Nepal Times
3
Shares

सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशंका

सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमताल फुटेको आशंका

३२ साउन, विराटनगर ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे आसपास भीषण बाढी आएको छ । शुक्रबार आएको उक्त बाढीबाट ठुलो क्षति भएको अनुमान गरिएको छ ।

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले घटनाको पुष्टि गर्दै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिइन् ।

उनले हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन नसकेको बताइन् । उनका अनुसार तीनवटा घर र एउटा छात्रावास बगाएको खबर आएको जानकारी दिइन् ।

मानवीय क्षतिको विवरण प्राप्त नभएको उनले बताइन् । जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

गाउँपालिकाले पनि दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा अस्न आग्रह गरेको छ ।

उनका अनुसार, त्यहाँ प्रहरीको टोली पुग्ने क्रम जारी छ । अहिलेसम्म त्यहाँकै नजिक रहेका १० जना नेपाली सेनाको टोली पुगेर उद्धारको कार्य भइरहेको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.