जजिरा एयरले फेरि भैरहवा–कुवेत उडान भर्ने

३२ साउन ८१, शनिबार

१ भदौ , एजेन्सी ।

कुवेतको जजिरा एयरलाइन्सले फेरि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने तयारी गरेको छ । यसअघि पनि २ पटक भैरहवा कुवेत उडान गरिसकेको जजिराले तेस्रो पटक भदौ तेस्रो सातादेखि उडान सुरु गर्ने योजना बनाएको हो । साउन २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गर्दै जजिराले कुवेत भैरहवा उडान तालिका स्वीकृत गर्न आग्रह गरेको छ ।

जजिराले सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्ने गरी तालिका स्वीकृत गर्न पत्राचार गरेको संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । जजिरा एयरले भैरहवा कुवेत सातामा ४ उडान गर्ने गरी अनुमति माग गरेको नेपाल नागरिक उड्डयन प्राधिकारणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारीले दिए ।

Advertisement

उनले भने, ‘जजिराले भैरहवाबाट सातामा ४ वटा उडान तालिक स्वीकृत गर्न पत्राचार गरेको छ,’ । मन्त्रिपरिषद्ले भैरहवाबाट उडान गर्दा काठमाडौंभन्दा टिकट मूल्य कम्तिमा १० हजार रुपैयाँ सस्तो हुने गरी छुट दिने निर्णय गरेको सुनिएको छ । मन्त्रिपरिषद्ले के कति छुट दियो भन्ने जानकारी प्राप्त भएपछि जजिराको उडान तालिका स्वीकृत गर्ने हाम्रो तयारी छ’ प्राधिकरणका सूचना अधिकारीले भनेका छन् ।

भैरहवामा विमानस्थमा उडान गर्न वायुसेवा कम्पनीले हवाई टिकटमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा ३ वर्षसम्म छुट दिनुपर्ने माग गरेका छन् । यस्तै, गौतमबुद्ध विमानस्थलमा प्रयोग हुने हवाई इन्धनमा छुट दिनुपर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ३ हजार यात्रु सेवा शुल्क तथा टिकट बिक्रीमा लाग्ने करमा समेत छुट दिन माग गरेका थिए ।

Advertisement

सरकारले उड्डयन आफूहरुले मागेका छुट दिए भैरहवा अवुधाबी १३ हजारमै उडान गर्ने प्रस्ताव वीज एयरले गरेको थियो । हाल काठमाडौं अवुधावीको भाडादर अहिले औषतमा ४० हजार रुपैयाँ छ । यस्तै जजिराले पनि सरकारले छुट दिएमा कुवेतमा नियमित उडान गर्ने इच्छा देखाएको थियो । प्राधिकरणमा पेश गरेको पत्रमा जजिराले भैरहवा कुवेत उडान अक्टुबर तेस्रो साताबाट सुरु गर्ने जानकारी दिए पनि सरकारले छुट दिने निर्णय गरेकाले भदौ तेस्रो सातामै उडान गर्ने तयारी गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top