सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?

३२ साउन ८१, शनिबार

१ भदौ, विराटनगर ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो ।

पार्टी नेतृत्वको बहसमा शर्मालाई साथ दिँदै थिए, उपमहासचिव वर्षमान पुन । उपमहासचिव हरिबोल गजुरेल, सचिव राम कार्की, स्थायी समिति सदस्य ओनसरी घर्तीलगायतले उनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । तर, बैठकमा बोल्ने अरू धेरै नेताहरूले फरक धारणा राखे । उनीहरूको एकमत थियो, ‘प्रचण्डको विकल्प छैन ।’

Advertisement

स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व हस्तान्तरण गर्नेबारे बहस उठे पनि सशक्त बनेन । बरु, यो विषयलाई केन्द्रीय समितिको बैठकमा उठान गर्नेगरी बैठकको समापन भयो । माओवादीभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको हो कि भन्ने सञ्चारकर्मीको सवालमा प्रचण्डले भनिदिए, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईँहरूलाई हो टेनसन हामीलाई केही छैन ।’

विशेषगरी प्रतिनिधिसभाको बहुमत गुमाएर गत २८ असारमा सत्ताच्यूत हुन परेपछि माओवादीभित्र नेतृत्वको विकल्प, समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे बृहत रूपमा बहस भइरहेको छ । तर, विगत लामो समयदेखि एकल नेतृत्वमा रहेका प्रचण्ड नेतृत्व परिवर्तनको बहसबाट आत्तिदैनन् ।

Advertisement

किनकि, प्रचण्डसँग फरक मत राख्ने बाबुराम भट्टराईलगायतका नेताहरू सबै पार्टीबाट बाहिरिएपछि उनी माओवादीभित्र सर्वेसर्वाका रूपमा देखिएका छन् । पार्टीभित्र बहुपदीय प्रणाली लागू गरिए पनि उनको एकल निर्णयका आधारमा माओवादी सञ्चालित छ ।

१० वर्षे सशस्त्र विद्रोहको अगुवाइ गरेका प्रचण्ड विगत तीन दशकदेखि माओवादीको नेतृत्वमा छन् । पछिल्लोपटक १९ पुस २०७८ मा भएको पार्टीको आठौं महाधिवेशनले प्रचण्डलाई नै अध्यक्षमा चयन गरेको थियो । त्यसबेला अन्तिम कार्यकालका रूपमा इंगित गर्दै भनेका थिए, ‘उमेरका कारण पनि नेतृत्व हाँक्ने मेरो अन्तिम हुनसक्छ ।’

उमेरले सात दशक पार गर्न आँटेका प्रचण्डले त्यसो भनिकन पनि झण्डै दुई वर्ष मुलुकको कार्यकारी भूमिका बहन गरे । अझै पनि उनले पार्टी नेतृत्व सहजै छोड्लान् जस्तो भने छैन । तथापि, यसबारे अब माओवादीको केन्द्रीय समितिको बैठकले निर्क्यौल गर्ला ।

तर, प्रचण्डसँग फरक मत राख्ने नेताहरू टुक्रिँदै जाँदा सिंगो माओवादी छिन्नभिन्न हुँदै आएको छ । जनयुद्धकालमा पार्टीको कुशल नेतृत्व गर्दै फौजी सफलता दिलाएर शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै पहिलो पार्टीसमेत बनाएका प्रचण्डलाई अहिले ३२ सिटमा खुम्चिनुपरेको तितो अनुभव छ । त्यो कुराको बोध भएका प्रचण्डको ध्यान अहिले पार्टीको नेतृत्व हस्तान्तरणभन्दा पनि अरू दलसँगको साझेदारितामा सशक्त प्रतिपक्षी बनेर वर्तमान सरकारलाई काउन्टर दिने पक्षमा छन् ।

२० सिटे रास्वपासँग हातेमालो गरेर अगाडि बढिरहेका उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेतिर दृढ देखिएका छन् । प्रचण्ड–माधवबीचको बाक्लिएको भेटघाटलाई हेरेर विश्लेषण गरेर धेरैले माधवलाई प्रधानमन्त्री बनाउनेगरी अफर आएको पनि बताइरहेका छन् ।

तर, माधवले पार्टी एकता तत्काल सम्भव नभएको जनाउ दिएपछि प्रचण्डले साझा संसदीय दल बनाउने वैकल्पिक प्रस्ताव अगाडि सारेका छन् । हुन त समान विचारधारा भएका कम्युनिस्टसँग मिल्न माओवादीको नामै फेर्नेसम्मको उनको धोको पनि छ । त्यसको सुरुआत गर्न प्रचण्डले आफ्नै अगुवाइमा समाजवादी मोर्चाको निर्माणसम्म गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिर्के हान्ने दाउ बनाउँदै गरेका प्रचण्ड पार्टीभित्रको आन्तरिक किचलोलाई धूलिसात् बनाउने योजनामा छन् । अब, प्रचण्डसँग तीन योजना हुन सक्छन्, आफूसँग दूरी बढाउँदै लगेका जनार्दन शर्माविरुद्धको टकराव अन्त्य गर्ने, पार्टी नेतृत्वमा जरा गाडिरहने र अरू पार्टी जोडेर सरकारलाई निरन्तर च्यालेन्ज गरिरहने ।

यी तीनै योजना सार्थक बनाउन सकेमा प्रचण्ड राजनीतिका ‘स्ट्राइकर’ कहलिन्छन् । अन्यथा, नेतृत्व हस्तान्तरण गरेर पोलिटिकल रिटायर्ड लिनेबाहेक उनीसँग अरू विकल्प नरहन सक्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top