NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?

शनिबार भदौ १ , २०८१
Reading Time: 1 min read
A A
सकिएकै हो त माओवादीभित्र नेतृत्वको बहस ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ भदौ, विराटनगर ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २५–३१ साउनसम्म भएको पार्टीको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विकल्पबारे बहस छेडे । पछिल्ला राजनीतिक उथलपुथलमा प्रचण्ड जिम्मेवार रहेकोतर्फ इंगित हुँदै शर्माले लिखित रूपमा गरेको नेतृत्व हस्तान्तरण गर्ने वा महाधिवेशनमा चुनावमा भिड्ने प्रस्ताव चौतर्फी गुञ्जायमान बन्यो ।

पार्टी नेतृत्वको बहसमा शर्मालाई साथ दिँदै थिए, उपमहासचिव वर्षमान पुन । उपमहासचिव हरिबोल गजुरेल, सचिव राम कार्की, स्थायी समिति सदस्य ओनसरी घर्तीलगायतले उनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । तर, बैठकमा बोल्ने अरू धेरै नेताहरूले फरक धारणा राखे । उनीहरूको एकमत थियो, ‘प्रचण्डको विकल्प छैन ।’

LS Auto

स्थायी कमिटी बैठकमा पार्टीको नेतृत्व हस्तान्तरण गर्नेबारे बहस उठे पनि सशक्त बनेन । बरु, यो विषयलाई केन्द्रीय समितिको बैठकमा उठान गर्नेगरी बैठकको समापन भयो । माओवादीभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको हो कि भन्ने सञ्चारकर्मीको सवालमा प्रचण्डले भनिदिए, ‘केही हुँदैन सबै मिलेर जान्छ, तपाईँहरूलाई हो टेनसन हामीलाई केही छैन ।’

विशेषगरी प्रतिनिधिसभाको बहुमत गुमाएर गत २८ असारमा सत्ताच्यूत हुन परेपछि माओवादीभित्र नेतृत्वको विकल्प, समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे बृहत रूपमा बहस भइरहेको छ । तर, विगत लामो समयदेखि एकल नेतृत्वमा रहेका प्रचण्ड नेतृत्व परिवर्तनको बहसबाट आत्तिदैनन् ।

किनकि, प्रचण्डसँग फरक मत राख्ने बाबुराम भट्टराईलगायतका नेताहरू सबै पार्टीबाट बाहिरिएपछि उनी माओवादीभित्र सर्वेसर्वाका रूपमा देखिएका छन् । पार्टीभित्र बहुपदीय प्रणाली लागू गरिए पनि उनको एकल निर्णयका आधारमा माओवादी सञ्चालित छ ।

१० वर्षे सशस्त्र विद्रोहको अगुवाइ गरेका प्रचण्ड विगत तीन दशकदेखि माओवादीको नेतृत्वमा छन् । पछिल्लोपटक १९ पुस २०७८ मा भएको पार्टीको आठौं महाधिवेशनले प्रचण्डलाई नै अध्यक्षमा चयन गरेको थियो । त्यसबेला अन्तिम कार्यकालका रूपमा इंगित गर्दै भनेका थिए, ‘उमेरका कारण पनि नेतृत्व हाँक्ने मेरो अन्तिम हुनसक्छ ।’

उमेरले सात दशक पार गर्न आँटेका प्रचण्डले त्यसो भनिकन पनि झण्डै दुई वर्ष मुलुकको कार्यकारी भूमिका बहन गरे । अझै पनि उनले पार्टी नेतृत्व सहजै छोड्लान् जस्तो भने छैन । तथापि, यसबारे अब माओवादीको केन्द्रीय समितिको बैठकले निर्क्यौल गर्ला ।

तर, प्रचण्डसँग फरक मत राख्ने नेताहरू टुक्रिँदै जाँदा सिंगो माओवादी छिन्नभिन्न हुँदै आएको छ । जनयुद्धकालमा पार्टीको कुशल नेतृत्व गर्दै फौजी सफलता दिलाएर शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै पहिलो पार्टीसमेत बनाएका प्रचण्डलाई अहिले ३२ सिटमा खुम्चिनुपरेको तितो अनुभव छ । त्यो कुराको बोध भएका प्रचण्डको ध्यान अहिले पार्टीको नेतृत्व हस्तान्तरणभन्दा पनि अरू दलसँगको साझेदारितामा सशक्त प्रतिपक्षी बनेर वर्तमान सरकारलाई काउन्टर दिने पक्षमा छन् ।

२० सिटे रास्वपासँग हातेमालो गरेर अगाडि बढिरहेका उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता गर्नेतिर दृढ देखिएका छन् । प्रचण्ड–माधवबीचको बाक्लिएको भेटघाटलाई हेरेर विश्लेषण गरेर धेरैले माधवलाई प्रधानमन्त्री बनाउनेगरी अफर आएको पनि बताइरहेका छन् ।

तर, माधवले पार्टी एकता तत्काल सम्भव नभएको जनाउ दिएपछि प्रचण्डले साझा संसदीय दल बनाउने वैकल्पिक प्रस्ताव अगाडि सारेका छन् । हुन त समान विचारधारा भएका कम्युनिस्टसँग मिल्न माओवादीको नामै फेर्नेसम्मको उनको धोको पनि छ । त्यसको सुरुआत गर्न प्रचण्डले आफ्नै अगुवाइमा समाजवादी मोर्चाको निर्माणसम्म गरेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिर्के हान्ने दाउ बनाउँदै गरेका प्रचण्ड पार्टीभित्रको आन्तरिक किचलोलाई धूलिसात् बनाउने योजनामा छन् । अब, प्रचण्डसँग तीन योजना हुन सक्छन्, आफूसँग दूरी बढाउँदै लगेका जनार्दन शर्माविरुद्धको टकराव अन्त्य गर्ने, पार्टी नेतृत्वमा जरा गाडिरहने र अरू पार्टी जोडेर सरकारलाई निरन्तर च्यालेन्ज गरिरहने ।

यी तीनै योजना सार्थक बनाउन सकेमा प्रचण्ड राजनीतिका ‘स्ट्राइकर’ कहलिन्छन् । अन्यथा, नेतृत्व हस्तान्तरण गरेर पोलिटिकल रिटायर्ड लिनेबाहेक उनीसँग अरू विकल्प नरहन सक्छन् ।

Tags: #प्रचण्ड#जनार्दन शर्मा#नेकपा माओवादी केन्द्र#पार्टी नेतृत्व

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.