स्वास्थ्यकर्मीलाई चौतर्फी असुरक्षा : कतै भौतिक आक्रमण, कतै ज्यालामा विभेद

३२ साउन ८१, शनिबार

१ भदौ, विराटनगर । 

भौतिक असुरक्षा होस् वा आर्थिक असुरक्षा । पछिल्लो केही समययता स्वास्थ्यकर्मीहरूले निकै नै असुरक्षित महसुस गर्नुपरेको छ । यसको एउटा उदाहरण भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा कार्यरत ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकमाथि भएको आक्रमणलाई लिन सकिन्छ ।

गत साता शुक्रबार उनीमाथि भएको दानवीय आक्रमणले संसारलाई स्तब्ध बनाएको छ । झन्डै ३६ घण्टा निरन्तर काम गरेर थकित बनेकी ती चिकित्सक एउटा सभाकक्षमा निदाएको बेला उनीमाथि अत्यन्तै निन्दनीय अपराध भएको थियो ।

उनको निर्मम हत्याले भारतका लगभग ३० प्रतिशत महिला डाक्टर र ८० प्रतिशत नर्सहरूको सुरक्षा एवम् कार्यस्थलमा हुने हिंसाको विषयलाई झल्काएको छ । उक्त घटनाका दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै हाल भारतका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

ती महिला चिकित्सकमाथि भएको कुकृत्य घटनाले स्वास्थ्यकर्मी कति असुरक्षित छन् भन्ने प्रष्ट पार्छ । भारतमा जस्तै नेपालका अस्पतालहरूमा पनि स्वास्थ्यकर्मीको भौतिक आक्रमणका घटनाहरू हामीले सुन्दै–हेर्दै आएका छौं ।

उपचाररत बिरामीलाई बचाउन नसक्दा अनि उपचार प्रक्रियामा कमी–कमजोरी हुँदा ‘लापरबाही’ भन्दै स्वास्थ्यकर्मीमाथि हदैसम्म आक्रमण हुने गरेको छ । यसका कैयौं घटना त हाम्रै पेरिफेरिमा पनि छन् । केही समयअघि नेपालगञ्जस्थित भेरी अस्पतालको आइसियू वार्डभित्रै पसेर चिकित्सक तथा नर्समागि भौतिक आक्रमण भयो ।

विराटनगरकै कोशी अस्पतालका अहेबलाई प्रहरीले चेकजाँचका क्रममा लाठी चार्ज ग¥यो । अझ, कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर मानव रक्षार्थ खटिएका उनीहरूमाथि नै भएको सामाजिक विभेदको त कुरै नगरौं ।

त्यसबाहेक पनि पारिश्रमिकमा विभेदजस्ता कारणले गर्दा स्वास्थ्यकर्मीको आर्थिक असुरक्षा निकै नै बढेर गएको छ । विशेषगरी यहाँ सबैभन्दा प्रताडित बन्छन्, नर्सहरू ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार जनरल बेडमा एक नर्सले ६ जना बिरामी हेर्न सक्छन्, आइसियुमा एक जना बिरामी बराबर एक जना नर्स चाहिन्छ । प्रसूति विभागमा एक बिरामीलाई सम्हाल्न दुई जना नर्सको आवश्यक पर्छ ।

नर्सको अभावका कारण अस्पतालहरूले एक जना नर्सले ३० जना बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता छ । अभाव र दबाब सहेर नर्सहरू काममा खटिन्छन् । बिरामीको उपचारमा प्रत्यक्ष सरोकार राख्ने भनेकै नर्स हुन् । डाक्टरको तुलनामा उनीहरूले खटिएर बिरामीको उपचार गर्नुपर्छ । तर, पारिश्रमिकमा भने उनीहरूले नै चर्को विभेद सहनुपर्छ ।

आफूभन्दा कम खटिने डाक्टरहरूले लाखौंमा तलब थाप्दा नर्सले जीविको धान्न नपुग्ने पारिश्रमिक पाउँछन् । यसैले पनि नर्सहरू नर्सिङ पढेर विदेश जानुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ ।

बर्सेनि विभिन्न तहका नर्सिङ जनशक्ति सात हजारको हाराहारीमा उत्पादन हुन्छन् । तर, अन्य स्वास्थ्यकर्मीको तुलनामा नर्सलाई दिने भत्तामा राज्यबाट विभेद भएको भन्दै उनीहरू विदेश पलायन हुने गरेका छन् ।

नेपाल नर्सिङ काउन्सिलको तथ्यांकअनुसार देशमा हालसम्म एक लाख २३ हजार भन्दाबढी नर्स दर्ता भएका छन् । तर उच्च शिक्षाका लागि भन्दै अमेरिका, अस्ट्रेलिया र युरोप पलायन हुने परिपाटीका कारण अबका केही वर्षमा त्यो संख्यामा पनि कमी आउने आँकलन गर्न सकिन्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top