१९ असोज , काठमाण्डौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा प्रसाईंको रिटमा सुनुवाइका लागि पेसी तय ।

यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको आधार र कारणसहित ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।
असार १२ गते पक्राउ परेका प्रसाईंमाथि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जानकारी ।

प्रसाईंले युट्युबमार्फत खतिवडाका छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेको आरोप ।



