सहकारीको बचत अपचलन : बयानका लागि रवि लामिछानेलाई बोलाउने तयारी

२ भदौ ८१, सोमबार

३ भदौ, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले बयान लिने तयारी गरेको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभा सांसद लामिछानेलाई भदौ ७ गते बयानका लागि बोलाउने तयारी गरेको हो । सशक्त प्रमाण जुटाएर उनको बयान लिने तयारी समितिको छ ।

Advertisement

समितिले गोरखा मिडियाअन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको हो ।

जोशीको आमाको निधन भएकाले ६ गतेसम्म ‘काजक्रिया’मा बस्नुपर्ने भएकाले समितिले ७ गते जोशीसहित रविलाई बोलाउने तयारी गरेको हो ।

Advertisement

गत जेठ १५ गते एमालेका सूर्य थापाको संयोजकत्वमा बनेको छानबिन समिति बनेको समितिले यसअघि आइतबार रास्वपाकै सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो ।

सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ ।

उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top