जाजरकोटमा भूकम्पपीडितको टहरा पहिरोले पुर्‍यो, एकै परिवारका तीन जनाको मृत्यु

२ भदौ ८१, सोमबार

३ भदौ, जाँजरकोट । 

Advertisement

अविरल वर्षापछि आएको पहिरोले आएको पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

आइतबार राति पहिरोले पुरिएर नलगाड नगरपालिका–२ माझगाँउका भूकम्पपीडितको अस्थायी टहरा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया मनिशा परियार र दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।

भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । गएराति गएको पहिरोले पुरिएका उनीहरूको शव स्थानीय र प्रहरीले निकालेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top