युद्धविराम भन्दै ब्लिन्केन इजरेलमा, सफल होला प्रयास ?

३ भदौ , विराटनगर।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन अहिले इजरेलमा छन् । गाजामा युद्धविरामका लागि दबाब दिन उनी इजरेल पुगेका हुन् । त्यहाँ पुगेर ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन् । ब्लिन्केनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँगको भेटमा ’यो निर्णायक क्षण हो, सम्भवतः बन्धकहरूलाई घर फर्काउने, युद्धविराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर हो’ भनेका छन् ।

राष्ट्रपति जो बाइडेनले आफूलाई ‘वार्तालार्ई सही दिशामा लान र अन्ततः युद्धविराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर’ पठाएको पनि उनले जनाएका छन् । उनले भने, ’यो काम पूरा गर्ने समय हो । कसैले पनि यो प्रक्रियालाई बिथोल्न सक्ने कुनै पनि कदम नचालोस् भन्ने पनि सुनिश्चित गर्ने समय आएको छ।’

Advertisement

ब्लिन्केन भन्छन्, त्यहाँ कुनै आक्रमणमा वृद्धि नहोस्, उत्तेजना नहोस्, सम्झौता प्राप्त गर्नबाट टाढा सार्न सक्ने कुनै पनि कार्यहरू नहून् भन्ने सुनिश्चित गर्न आवश्यक छ।’ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ताको कार्यक्रम छ ।

इरान र लेबनानी सशस्त्र समूह हेजबुल्लाहले हालै दुई लडाकू नेताको हत्याको बदला लिने चेतावनी दिएपछि इजरायलमा यो ‘डरलाग्दो क्षण’ भएको र क्षेत्रीय तनाव बढाउने कुनै पनि कदम नचाल्न अमेरिकी विदेशमन्त्री ब्लिङकेनले चेतावनी दिएका छन् । यता इजरेली राष्ट्रपति हर्जोगले पनि अक्टोबर ७ मा भएको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरूलाई जतिसक्दो चाँडो फिर्ता गर्नु इजरायली सरकार र नागरिकको चाहना रहेको बताएका छन् ।

Advertisement

हर्जोगले ब्लिन्केनलाई भने, ’हाम्रा बन्धकहरूलाई फिर्ता ल्याउनुभन्दा ठूलो मानवीय उद्देश्य र कारण अरू केही छैन।’ पछिल्लो पटक अमेरिकाले इजरेलमाथि युद्धविरामका लागि दबाब बढाएको छ । यसै साताको अन्त्यमा कायरोमा हुने भनिएको सम्झौतामा पुग्नका लागि मध्यस्थकर्ताहरुले अन्तिम प्रयासका रुपमा जुन प्रस्ताव पेश गरेका छन्, त्यो लिएर ब्लिेन्केन इजरेल पुगेका हुन् ।

मंगलवार मिस्रको यात्रामा निस्कनुअघि आज उनले राष्ट्रपति इसाक हर्जोगदेखि इजरेली शीर्ष अधिकारीहरुसंग कुरा गरेका छन् । यस्तै नेतन्याहू र इरजेली रक्षा मंत्री योव ग्यालेन्टसंग पनि कुरा गर्ने कार्यक्रम छ । ब्लिंकेनको साथ यात्रामा रहेका एक वरिष्ठ अधिकारीले भनेका छन्, गाजामा अमेरिकी विदेशमन्त्रीको आगमन युद्धविराम वार्ताको महत्वपूर्ण समयमा भएको छ । ब्लिन्केनले युद्ध समाप्त गर्नका लागि महत्वपूर्ण दबाब दिनेछन् ।

यसबीच ब्लिंकेन तेल अवीव पुग्नु केही समय अघि इजरेली प्रधानमंत्री बेंजामिन नेतन्याहूले एक क्याबिनेट बैठकलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले भने, केही यस्ता क्षेत्रहरु छन्, जहाँ इजरेल लचिलो हुनसक्छ । ’हामी कुराकानी गरिरहेका छौं, तर यसको मतलब यो होइन कि हामी मात्रै लचिलो हुनुपर्छ ।’ यसअघि शुक्रवार अमेरिका, मिस्र र कतारले भनेका थिए, कि उनीहरु दोहामा भएको दुई दिनको छलफलपछि एउटा सम्झौतामा पुगेका छन् ।

जहां अमेरिका र इजरेली अधिकारीहरुले सम्झौताका लागि आशा व्यक्त गरेका थिए । तर यता हमासले भने इजरेलको नयाँ मागहरुप्रति प्रतिरोधको संकेत गरेको छ । प्रस्तावमा तीन चरणको प्रक्रिया रहने उल्लेख गरिएको छ । जसमा हमासले सबै बन्धकहरुलाई रिहा गर्ने भनिएको छ । बदलामा इजरेलले पनि गाजाबाट आफ्नो सेना हटाउने र प्यालेस्टाइनी कैदीहरुलाई रिहा गर्ने लेखिएको छ ।

यसबीच मध्यस्थ वार्ता अघि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू धेरै नै आशावादी भएको बताएका थिए । उनले शुक्रवार भनेका थिए, ’हामी पहलेभन्दा पनि सम्झौताका लागि निकै नजिक छौं।’ युद्धविरामको बारेमा सोधिएको प्रश्नमा उनले भने, ’हामीले हार मानिरहेका छैनौं। हाम्रो प्रयास लगातार जारी छ, जबसम्म युद्ध समाप्तीको घोषणा हुँदैन।’ बाइडेनले सम्झौताका लागि भाँजो हाल्न खोज्नेलाई पनि चेतावनी दिएका छन् ।

तर यसबीच हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका छन् । हमासका राजनीतिक ब्युरो सदस्य सामी अबु जुहरीले दोहामा दुई दिनसम्म चलेको वार्तापछि प्रगतिको संकेत ‘भ्रम’ भएको एएफपीसँग बताएका छन् । उनले भने, ‘हामी कुनै सम्झौता वा वास्तविक वार्ताको सामना गरिरहेको नभई अमेरिकी निर्देशनबारे छलफल गरिरहेका छौं।’

यसले एकातिर अमेरिकाले सम्झौताका लागि दबाब बढाइरहँदा अर्कातिर हमास भड्किने संकेत पनि देखाएको छ । यसैबीच इरान र इजरेलबीच अर्को युद्ध सुरु हुने जोखिम पनि बढेको छ । इजरायली प्रधानमन्त्रीले इरान र उसको लेबनानी सहयोगी समूह हिजबुल्लाहलाई इजरायलमाथि आक्रमण गरेर परिणाम भोग्न चुनौती दिएका छन् । आइतबार साप्ताहिक मन्त्रिपरिषद बैठकमा उनले विरोधीको कुनै पनि खतराबाट बच्न र उस्तै कडा जवाफ दिन इजरायल सक्षम रहेको फेरि पनि चेतावनी दिएका हुन् ।

नेतन्याहूले भने, ‘हामी आफ्नो रक्षाखातिर दृढ छौँ । हामीमाथि आक्रमणको हिम्मत गर्ने कुनै पनि दुश्मनसँग भारी मूल्य चुकाउनका लागि पनि दृढ छौँ ।’ उनले आफ्नो सुरक्षा सिद्धान्तप्रति इजरायलको प्रतिबद्धताबारे पनि चर्चा गरे । नेतन्याहूले शान्ति वार्ताको जटिल प्रकृतिका बावजुद सम्झौता गर्न नसकिने बताए । ’हामी निकै जटिल कुराकानी गरिरहेका छौँ । तर हामी लेनदेन होइन, कुराकानी गरिरहेका छौँ भन्ने कुराप्रति म जोड दिन चाहन्छु ।

यस्ता क्षेत्र छन्, जहाँ हामी लोभ देखाउन सक्छौँ, र यस्ता क्षेत्र पनि छन्, जहाँ हामी लोभ देखाउन सक्दैनौँ’, उनले भने , ’र हामी त्यसमा बलियोसँग उभिनुपर्छ । दुईबीच फरक कसरी छुट्याउने हामीलाई राम्रोसँग थाहा छ ।’ यो जुहारीको प्रतिक्रियापछि महिनौंसम्म चलेको युद्धविराम वार्ता सकारात्मक दिशामा अघि नबढेको आशंकासमेत पैदा भएको छ । जुलाई अन्त्यमा हमासका राजनीतिक प्रमुख इस्माइल हानिया र इरान समर्थित लडाकू नेताहरूको एकपछि अर्को गर्दै हत्या गरिएपछि इरानले इजरायलसँग बदला लिने बताउँदै आएको छ।

जसका कारण मध्यपूर्वको तनाव थप उत्कर्षमा पुगेको छ । अमेरिकाले इरानलाई बारम्बार इजरायलविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिँदै आएको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई लक्षित गरी कुनै आक्रमण भए त्यसको नतिजा भयावह हुने बताउँदै आएका छन् । त्यस्तै, यूके, फ्रान्स, जर्मनी र इटालीले एक संयुक्त विज्ञप्ति जारी गर्दै गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रयासप्रति समर्थन जनाएका छन् ।

उनीहरूले सम्बद्ध सबै पक्षलाई तनाव गर्न आग्रह समेत गरेका छन् । यसको बाबजुद पछिल्ला दिनमा इजरायलले गाजा क्षेत्रमा आक्रमण समेत तीव्र पारेको छ । यसले प्यालेस्टिनी पक्षलाई थप सशंकित बनाएको छ । हमास नेता ओसामा हम्दानले ‘युद्धविराम र बन्दी साटासाट गर्ने सहमतिका लागि इजरायली प्रधानमन्त्री नेतान्याहु’ बाधक भएको बताएका छन् । त्यस्ते, हमास प्रवक्ता जिहाद ताहाले अल जजिरा टीभीसँगको कुराकानीमा युद्धविरामका लािग इजरायलले थप सर्तहरू राखेको आरोप लगाएका छन् ।

जसले तत्काल सम्झौता हुने आशंका थपि बढेको छ । यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top