×

NEPAL TIMES UPDATES

Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026
Playing
फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै || Nepal Times
Mar 05, 2026
Playing
Iranमा हम ला गरेर फसे America–Israel, हरेक दिन १ अर्ब डलर स्‍वाहा || Nepal Times
Mar 05, 2026
Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026

तिंकरमा नेपालको अध्यागमन कार्यालय खुल्ने

३ भाद्र २०८१

३ भदौ , काठमाण्डौ।

दार्चुलाको त्रिदेशीय नाका नजिकै अध्यागमन कार्यालय खोलिने भएको छ । यसका लागि सरकारले तयारी गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन् । दार्चुलाको व्यास गाउँपालिकास्थित तिंकरमा सरकारले दुई महिनाभित्र अध्यागमन कार्यालय खोल्ने काम गृह मन्त्रालयले अन्तिम चरणमा पु¥याएको गृहमन्त्री लेखकले जानकारी दिए ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले चीन र भारतसँग सुदूरपश्चिमको व्यापारीक सम्बन्ध बढाउनका लागि सरकारले काम गरिरहेको जनाए । उनले चीन र भारतलाई जोड्नका लागि सडक निर्माण, सुक्खा बन्दरगाह र अध्यागमन कार्यालय खोल्ने कामलाई अगाडि बढाइएको जानकारी दिए ।’महाकाली करिडोर र सेती लोकमार्ग तलगायतका महत्त्वपूर्ण लोकमार्गको निर्माणलाई अगाडि बढाएर भारतका साथसाथै चीनसँग यातायातलाई जोड्छौं ।

नेपाली नागरिक र अर्को तेस्रो मुलुकका नागरिक पनि ती सडक प्रयोग गरेर चीनको महत्त्वपूर्ण ठाउँ, हिन्दु र बुद्ध धर्मावलम्बीहरूका लागि मानसरोवर र भारतका ठूला सहरहरू जोड्न प्रयत्न गर्नेछौं,’ मन्त्री लेखकले भने, ’यस प्रयोजनका लागि मेरै मन्त्रालयबाट आउने दुई महिनाभित्र तिंकरमा अध्यागमनको कार्यालय स्थापना गर्ने र तिंकरबाटै नेपाली र विदेशीहरूलाई सहजतापूर्वक मानसरोवर कैलाश जाने बाटो अगाडि बढाउने भन्ने कार्यक्रम अघि सारेको छु ।’

सरकारले सुदूरपश्चिमबाट भारत र चीन जोड्ने योजना अगाडि सारेको गृहमन्त्री लेखकले जानकारी दिए । भारत संसारकै उदयीमान अर्थतन्त्र भएको र चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएको मित्रराष्ट्र भएको र सुदूरपश्चिमको भूगोल दुवै देशका महत्त्वपूर्ण ठाउँहरूबाट सबैभन्दा नजिक पर्ने भएकाले नेपालमा यातायात लगायतका व्यवस्था थप गर्न लागिएको उनले बताए ।

सुदूरपश्चिमबाट चीन र भारतसँग व्यापारिक सम्बन्ध विस्तारको लागि काम भइरहेको उनले जानकारी दिए । गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी दिए । उक्त बन्दरगाह सञ्चालनमा आएपछि सुदूरपश्चिमबाट भारतसँगको व्यापारिक सम्बन्ध स्थापना हुने उनले बताए ।

यस्तै उनले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको पनि बताएका छन् । विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको भन्दै उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेकाले निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको जिकिर गरे ।

लेखकले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको पनि स्पष्ट पारे । त्यसैगरी देशमा देशी, विदेशी लगानीको वातावरण बनाएर बढी रोजगारी सिर्जना गर्ने पनि सरकारको उद्देश्य रहेको जनाए । गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेण्डा रहेको पनि बताए ।

देशमा प्रशस्त सम्भावनाहरु छन् भन्ने सन्देश दिनेगरी सरकारले काम गर्ने बताउँदै उनले आगामी भाद्र ६ गते संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभाबाट पारित हुने जानकारी दिए । शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्न सरकार अग्रसर रहेको बताए ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top