ट्रम्पको चुनाव प्रचार इरानले किन गर्याे ह्याकिंग ?

४ भदौ , विराटनगर ।
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनको घनिभूत प्रचार प्रसार चलिरहदा विश्वको ध्यान पनि त्यसैले खिचिरहेको छ । चुनावी प्रचारकै बीच आफूले निर्वाचन जिते टेस्लाका सीईओ एलन मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ दिने अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् ।

आफूले दोस्रो कार्यकाल जितेमा मस्कलाई मन्त्रीपरिषद्मा ठाउँ वा आफ्नो प्रशासनका लागि सल्लाहकारको भूमिका दिइने ट्रम्पको योजना रहेकोमा नयाँ विद्युतीय कारलाई दिँदै आएको ७ हजार ५०० डलरको कर कर्जा भने खारेज गरिने बताइएको छ । यसले टेस्लाको व्यवसायलाई प्रभावित बनाउने विश्लेषण गरिएको छ । अर्कातिर ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी सहित खुलासा गरेका छन्।

इरानले अमेरिकी चुनावमा लोकतान्त्रिक संस्थाहरूमा कलह बढाउने र विश्वास कम गर्न हस्तक्षेप गर्ने निर्णय गरेको अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूद्धारा विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको खुलासा अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी सहित गरेका छन्। अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीहरूले यसबारे बयान जारी गरेका छन् ।

‘इरानले अमेरिकी चुनावमा लोकतान्त्रिक संस्थाहरूमा कलह बढाउने र विश्वास कम गर्न हस्तक्षेप गर्ने निर्णय गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ । इरानले सामाजिक इन्जिनियरिङ र अन्य प्रयासको माध्यमबाट दुवै राजनीतिक दलको राष्ट्रपति अभियानको साथमा यस्तो गर्ने प्रयास गरेको विज्ञप्तिमा भनिएको छ । आफ्नो आन्तरिक सञ्चार ह्याक गर्नु पछाडि इरानी ह्याकरहरूको हात रहेको हालै मात्र ट्रम्पको चुनावी अभियानले पनि बताएको थियो ।

तर ट्रम्पको चुनावी अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका थिए । एफबीआई र अन्य सङ्घीय निकायहरूले संयुक्त विज्ञप्ति निकाल्दै इरानले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय लिएर ‘वैमनस्य उत्पन्न गराउन र लोकतान्त्रिक संस्थाहरूप्रतिको विश्वासलाई अवमूल्यन गर्न खोजेको’ बताइएको छ। ट्रम्पको अभियानले आफ्नो आन्तरिक सन्देशहरूलाई इरानले ह्याक गरेको आरोप डेढ साताअघि लगाएको थियो।

तर इरानी अधिकारीहरूले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्।उक्त अनुसन्धानबारे जानकार स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताए अनुसार इरानी ह्याकरहरूले डोमोक्र्याटिक दलकी प्रत्याशी कमला ह्यारिसको अभियानलाई पनि निशाना बनाएको आशङ्का गरिएको छ।

“(गुप्तचरहरूको समुदाय) विश्वस्त छ कि इरानीहरूले भित्रसम्म सामाजिक इन्जिनियरिङ र अन्य प्रयासबाट दुवै राजनीतिक दलको चुनावी अभियानसम्म प्रत्यक्ष पहुँच भएका व्यक्तिसम्म पुग्ने प्रयास गरेका छन्,यस्ता गतिविधि जसमा चोरी र भण्डाफोर गर्नु पर्छन्, तिनको उद्देश्य अमेरिकी चुनावलाई प्रभावित तुल्याउनु हो।” एउटा विज्ञप्तिमा अमेरिकी गुप्तचर अधिकारीहरूले भनेका छन्।

ट्रम्प अभियानलाई सक्कली जस्तो देखिने र क्लिक गर्न भरोसा दिलाउने प्रकारको फिशिङ इमेल आएको विवरणहरूमा जनाइएको छ।ह्यारिसको अभियानले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको तर त्यो विफल भएको जनाएको थियो।सोमवार त्यसरी वक्तव्य दिने निकायहरूमध्ये एफबीआई, राष्ट्रिय गुप्तचर निकायको निर्देशकको कार्यालय, साइबर सुरक्षा र पूर्वाधार सुरक्षा एजेन्सीले यस्तो रणनीति ‘नयाँ नभएको’ र विगतका चुनावमा रुस तथा इरानले यस्तै उपायहरूको प्रयोग गरेको जनाएका छन् ।

तरअहिलेसम्म कुन वा के कस्ता सूचना चोरिए भन्ने प्रस्ट भइसकेको छैन। सार्वजनिक रूपमा उपलब्ध जानकारीहरू मात्रै ह्याकरले प्राप्त गरेको ट्रम्पले जनाएका छन्।द न्यूयोर्क टाइम्स, पोलिटिको र द वाशिङटन पोस्टले ती गोप्य सूचनाहरू ट्रम्पको चुनावी अभियानभित्र उनका उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्सलाई छनोट गर्नेबारे भएको जनाएका छन्। तर उनीहरूले हालसम्म विस्तृतमा जानकारीहरू प्रस्तुत गरिसकेका छैनन्।

ह्यारिसको अभियानले अघिल्लो हप्ता आफूमाथि पनि त्यस्तो फिशिङ आक्रमण भएको जनाएको थियो। यहिबिच अर्कातर्फ भने बाइडेनले आफ्नो बिदाइको भाषण दिन नचाहेका खबरहरु बाहिरिएका वेला । सोमबार बाइडेनले बिदाइ भाषण दिएका थिए । स्टेजमा आएपछि निकै भावुक बनेका बाईडेनले सबैभन्दा पहिले आफ्नी छोरी एश्ले बाइडेनलाई अँगालो हालेका थिए ।

आफ्नो पूरै भाषणमा आफ्नो हरेक काममा उपराष्ट्रपति कमला ह्यारिसको नाम जोडे उनले भाषणका क्रममा पनिपटक पटक ह्यारिसको प्रशंसा पनि गरे। उपस्थित भीडलाई धन्यवाद दिँदै उनले भनेका थिए, ‘अमेरिका, म तिमीलाई माया गर्छु ।’ त्यसपछि उनले भीडलाई ‘के तपाईँहरू कमला ह्यारिस र टिम वाल्जलाई चुन्न तयार हुनुहुन्छ ?’ भनेर पनि सोधेका थिए ।

यसैक्रममा आफ्ना उपलब्धिहरू समेत सुनाएका बाइडेनले ट्रम्पलाई भने लोकतन्त्रका लागि खतरा भन्दै भाषणका क्रममासन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसाको पनि उल्लेख गरेका छन। उनले भनेका छन, ‘अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन’। ट्रम्पले हारे भने रक्तपात हुन्छ भनेर खाएको कसमलाई उद्धृत गर्दै बाइडेनले क्यापिटल हिलमा भएको जस्तै हिंसाको खतरा अझै रहेको बताएका हुन ।

ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याकिंगमा इरानको हात रहेको खबर बाहिरिरहेको वेलामा इरानले चुनावको परिणामलाई प्रभावित तुल्याउन चाहेको र उसका राष्ट्रिय सुरक्षा चासोमा पर्न सक्ने उल्लेखनीय प्रभावलाई उसले ध्यान दिइरहेको अमेरिकी अधिकारीहरूको भनाई छ । अमेरिकी गुप्तचर निकायहरूले ‘चुनावी समयमा आफूहरूले इरानको गतिविधि थप आक्रामक बन्दै गएको देखिरहेको’ भनेकाले सन्दिग्ध इरानी ह्याकरहरूलाई लिएर चिन्ताहरू पनि बढ्दै गएको छ ।

ह्वाइट हाउसको दौडबाट अघिल्लो महिना राष्ट्रपति बाइडेनले आफूलाई अलग गर्नुअघि इरानी ह्याकरहरूले उनी र ट्रम्प दुवैको अभियानलाई निशाना बनाएको गुगलले जनाएको छ भने हालै केही दिन अघि मात्रै माइक्रोसफ्टले इरानसँग सम्बन्धित समूहबाट ‘प्रभाव पार्ने खालका उल्लेखनीय गतिविधि सुरु भएको’ आफूले देखेको बताएको थियो। तपाईले भने ट्रम्पको चुनाव प्रचार–प्रसार अभियान ह्याकिंगमा इरानको हात रहेको तथा ट्रम्पले मस्कलाई मन्त्री बनाउने अनि बाइडेनको अन्तिम बदिाइ भाषणलाई कसरी नियालरहनु भएको छ ? आफना विचारहरु अवश्य व्यक्त गर्नुहोला ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top