NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ? आइतवार पुस ६ , २०८२
बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै आइतवार पुस ६ , २०८२
‘आइडल’ रोनाल्डोसँग एमबाप्पेको कीर्तिमानी बराबरी आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?

बिहिबार भदौ ६ , २०८१
Reading Time: 1 min read
A A
जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ भदौ, विराटनगर । 

जर्मनीको राष्ट्रिय टोलीलाई सम्झिँदा फुटबलप्रेमीहरूले सन् २०१४ मा ब्राजिलमाथि ‘रवाफ’ देखाउने टोली भनेर सम्झिन्छन् । ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु टोलीमाथि ७–१ गोलान्तरको रवाफिलो जित निकालेको थियो ।

ब्राजिलमाथि फराकिलो गोलान्तरको जित निकालेर फाइनल पुगेको जर्मनीले अर्जेन्टिनी टोलीलाई स्तब्ध बनाउँदै विश्वकपको उपाधि जितेको थियो । उसको त्यो चौथो विश्वकपको उपाधि थियो । त्यसयता जर्मनीले विश्वकपमा सेमिफाइनलमा समेत स्थान बनाउन सकेको छैन् ।

LS Auto

तीन पटकको युरोकप विजेता जर्मनीले अघिल्लो महिना युरोपकपको आयोजना गरे पनि क्वार्टरफाइनलबाटै बाहिरियो । घरेलु मैदानमा भएको युरोकपको सेमिफाइनलसम्म पनि पुग्न नसकेपछि जर्मनीका खेलाडीहरूले धमाधम सन्न्यासको घोषणा गरिरहेका छन् ।

सबैभन्दा पहिले मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका थिए । युरोकप सुरु हुनुअगावै सन्न्यासको घोषणा गरेका उनले घरेलु भूमिमा भएको उक्त प्रतियोगितालाई आफ्नो अन्तिम प्रतियोगिता बनाए । जर्मनीका महान खेलाडीमध्येका एक क्रुसले ब्राजिलविरुद्धको अवस्मरणीय खेलमा दुई गोलको योगदान गरेका थिए ।

अनि, विश्वकप जित्दा फरवार्ड लाइनमा रहेर उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी पनि थिए, उनी । सन् २०१० मा जर्मनीका लागि डेब्यु गरेका क्रुसले देशका लागि कुल ११४ खेल खेल्दा १७ गोल गरेका छन् ।

सन् २०१८ मा उत्कृष्ट फुटबलर घोषित् भएका क्रुसले स्पेनिस क्लब रियल मड्रिडबाट पाँच र जर्मनीको बायर्न म्युनिखबाट एक गरी ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । तथापि, क्रुस व्यवसायिक फुटबलबाट पनि अलग भइसकेका छन् ।

सन् २०१४ को विश्वकप खेल्ने टोलीका अर्का एक सदस्य तथा स्ट्राइकर थोमस मुलरले सन्न्यासको घोषणा गरिसकेका छन् । विश्वकप जित्दाका प्रमुख सदस्य मानिने मुलरले गत जुलाई १५ मा जर्मनीको राष्ट्रिय टोलीबाट बिदा लिएका थिए । ३४ वर्षीय मुलरले जर्मनका लागि १३१ खेल खेल्दा ४५ गोल गरेका थिए ।

ब्राजिलमाथिको अविस्मरणीय जितमा गोल गर्ने खेलाडी मुलरले १४ वर्षअघि सन् २०१० मा जर्मनीका लागि डेब्यु गरेका थिए । मुलरले जर्मन क्लब बायर्न म्युनिखबाट भने खेलिरहेका छन् । उनी र बायर्नबीचको सम्झौता २०२५ सम्मको छ ।

मुलरपछि जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान तथा मिडफिल्डर इल्के गुन्डोगनलेसन्न्यासको घोषणा गरे । केही दिनअघिमात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका ३३ वर्षीय गुन्डोगनले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

गुन्डोगनले सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । तर, सन् २०१४ को विश्वकप खेल्ने टोलीमा भने उनी परेका थिएनन् । गुन्डोगनले ८२ अन्तर्राष्ट्रिय खेल खेल्दा १९ गोल गरेका छन् । उनले युरो २०२४ मा जर्मनीको कप्तानको भूमिका निर्वाह गरेका थिए ।

उनले स्पेनिस क्लब बार्सिलोना, इंग्लिस क्लब म्याजचेस्टर सिटी, जर्मन क्लब बोरुसिया डर्टमुन्डलगायतबाट व्यवसायिक फुटबल खेलेका छन् ।

सन् २०१४ को विश्वकप विजेता जर्मनीको राष्ट्रिय टोलीमा एकमात्र खेलाडी रहेका गोलकिपर म्यानुअल नुयरले पनिसन्न्यास लिएका छन् । उनी जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । उक्त विश्वकपमा उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भएका थिए, उनी ।

३८ वर्षीय नेउरले जर्मनीका लागि २००९ मा डेब्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।नुयरले सन् २०२३ सम्म जर्मनीको कप्तानी गरेका थिए । तर, बुधबार राति जर्मनीका भेट्रान गोलकिपर नुयरले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए ।

युरोकपपछि संन्यास लिने नुयर जर्मनीको चौथो खेलाडी हुन् ।सन् २०२६ को फिफा विश्वकपका लागि खेल्ने विचार गरेको भए पनि आफूले यो नै सही समय भएको ठानेर सन्न्यास लिएको उनले बताएका छन् ।

अब बायर्न म्युनिखका लागि केन्द्रित हुने योजना नुयरको छ । सन् २०१४ मा विश्वकप जित्दा जर्मनीको नेतृत्व गरेका प्रशिक्षक जोचिम ल ‘जोगी’ भने अझै टोलीसँगै छन् ।

युरोकपपछि चार स्टार खेलाडी जर्मनीको राष्ट्रिय टोलीबाट अलग भएपछि नेसन्स लिगको तयारीमा रहेका ललाई पनि आपत् आइपरेको छ । आगामी ५ सेप्टेम्बरबाट सुरु हुने नेसन्स लिगमा उनले युवा खेलाडीको भर पर्नुपर्ने भएको छ ।

Tags: #खेलाडी#जर्मनी#टोनी क्रुस#थोमस मुलर#म्यानुअल नुयर#सन्न्यास

लोकप्रीय

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए

समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन?

आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै
अन्तर्राष्ट्रिय

बंगलादेशका दल भारतविरोधी एजेन्डामा चुनाव लड्दै

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२

हालका पोस्टहरू

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२
७० हजार जेनजी मतदाता थपिए

समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन?

आइतवार पुस ६ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.