जर्मनीमा खेलाडी संकट : किन धमाधम सन्न्यास लिन थाले जर्मनीका खेलाडीहरूले ?

५ भदौ ८१, बिहीबार

६ भदौ, विराटनगर । 

जर्मनीको राष्ट्रिय टोलीलाई सम्झिँदा फुटबलप्रेमीहरूले सन् २०१४ मा ब्राजिलमाथि ‘रवाफ’ देखाउने टोली भनेर सम्झिन्छन् । ब्राजिलमा भएको विश्वकपको सेमिफाइनलमा जर्मनीले घरेलु टोलीमाथि ७–१ गोलान्तरको रवाफिलो जित निकालेको थियो ।

ब्राजिलमाथि फराकिलो गोलान्तरको जित निकालेर फाइनल पुगेको जर्मनीले अर्जेन्टिनी टोलीलाई स्तब्ध बनाउँदै विश्वकपको उपाधि जितेको थियो । उसको त्यो चौथो विश्वकपको उपाधि थियो । त्यसयता जर्मनीले विश्वकपमा सेमिफाइनलमा समेत स्थान बनाउन सकेको छैन् ।

Advertisement

तीन पटकको युरोकप विजेता जर्मनीले अघिल्लो महिना युरोपकपको आयोजना गरे पनि क्वार्टरफाइनलबाटै बाहिरियो । घरेलु मैदानमा भएको युरोकपको सेमिफाइनलसम्म पनि पुग्न नसकेपछि जर्मनीका खेलाडीहरूले धमाधम सन्न्यासको घोषणा गरिरहेका छन् ।

सबैभन्दा पहिले मिडफिल्डर टोनी क्रुसले सन्न्यासको घोषणा गरेका थिए । युरोकप सुरु हुनुअगावै सन्न्यासको घोषणा गरेका उनले घरेलु भूमिमा भएको उक्त प्रतियोगितालाई आफ्नो अन्तिम प्रतियोगिता बनाए । जर्मनीका महान खेलाडीमध्येका एक क्रुसले ब्राजिलविरुद्धको अवस्मरणीय खेलमा दुई गोलको योगदान गरेका थिए ।

Advertisement

अनि, विश्वकप जित्दा फरवार्ड लाइनमा रहेर उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी पनि थिए, उनी । सन् २०१० मा जर्मनीका लागि डेब्यु गरेका क्रुसले देशका लागि कुल ११४ खेल खेल्दा १७ गोल गरेका छन् ।

सन् २०१८ मा उत्कृष्ट फुटबलर घोषित् भएका क्रुसले स्पेनिस क्लब रियल मड्रिडबाट पाँच र जर्मनीको बायर्न म्युनिखबाट एक गरी ६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । तथापि, क्रुस व्यवसायिक फुटबलबाट पनि अलग भइसकेका छन् ।

सन् २०१४ को विश्वकप खेल्ने टोलीका अर्का एक सदस्य तथा स्ट्राइकर थोमस मुलरले सन्न्यासको घोषणा गरिसकेका छन् । विश्वकप जित्दाका प्रमुख सदस्य मानिने मुलरले गत जुलाई १५ मा जर्मनीको राष्ट्रिय टोलीबाट बिदा लिएका थिए । ३४ वर्षीय मुलरले जर्मनका लागि १३१ खेल खेल्दा ४५ गोल गरेका थिए ।

ब्राजिलमाथिको अविस्मरणीय जितमा गोल गर्ने खेलाडी मुलरले १४ वर्षअघि सन् २०१० मा जर्मनीका लागि डेब्यु गरेका थिए । मुलरले जर्मन क्लब बायर्न म्युनिखबाट भने खेलिरहेका छन् । उनी र बायर्नबीचको सम्झौता २०२५ सम्मको छ ।

मुलरपछि जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान तथा मिडफिल्डर इल्के गुन्डोगनलेसन्न्यासको घोषणा गरे । केही दिनअघिमात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका ३३ वर्षीय गुन्डोगनले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।

गुन्डोगनले सन् २०११ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । तर, सन् २०१४ को विश्वकप खेल्ने टोलीमा भने उनी परेका थिएनन् । गुन्डोगनले ८२ अन्तर्राष्ट्रिय खेल खेल्दा १९ गोल गरेका छन् । उनले युरो २०२४ मा जर्मनीको कप्तानको भूमिका निर्वाह गरेका थिए ।

उनले स्पेनिस क्लब बार्सिलोना, इंग्लिस क्लब म्याजचेस्टर सिटी, जर्मन क्लब बोरुसिया डर्टमुन्डलगायतबाट व्यवसायिक फुटबल खेलेका छन् ।

सन् २०१४ को विश्वकप विजेता जर्मनीको राष्ट्रिय टोलीमा एकमात्र खेलाडी रहेका गोलकिपर म्यानुअल नुयरले पनिसन्न्यास लिएका छन् । उनी जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । उक्त विश्वकपमा उत्कृष्ट गोलकिपरबाट पुरस्कृत भएका थिए, उनी ।

३८ वर्षीय नेउरले जर्मनीका लागि २००९ मा डेब्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।नुयरले सन् २०२३ सम्म जर्मनीको कप्तानी गरेका थिए । तर, बुधबार राति जर्मनीका भेट्रान गोलकिपर नुयरले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए ।

युरोकपपछि संन्यास लिने नुयर जर्मनीको चौथो खेलाडी हुन् ।सन् २०२६ को फिफा विश्वकपका लागि खेल्ने विचार गरेको भए पनि आफूले यो नै सही समय भएको ठानेर सन्न्यास लिएको उनले बताएका छन् ।

अब बायर्न म्युनिखका लागि केन्द्रित हुने योजना नुयरको छ । सन् २०१४ मा विश्वकप जित्दा जर्मनीको नेतृत्व गरेका प्रशिक्षक जोचिम ल ‘जोगी’ भने अझै टोलीसँगै छन् ।

युरोकपपछि चार स्टार खेलाडी जर्मनीको राष्ट्रिय टोलीबाट अलग भएपछि नेसन्स लिगको तयारीमा रहेका ललाई पनि आपत् आइपरेको छ । आगामी ५ सेप्टेम्बरबाट सुरु हुने नेसन्स लिगमा उनले युवा खेलाडीको भर पर्नुपर्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

सम्बन्धित समाचार

Scroll to Top