बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

५ भदौ ८१, बिहीबार

६ भदौ, विराटनगर ।

घरेलु टोली नेपाल काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिपमा समूह विजेता बन्न सफल भएको छ ।

बिहीबार भएको खेलमा बंगलादेशमाथि २-१ गोलको जित निकालेको नेपाल समूह ‘ए’ को विजेता बनेको हो । नेपालसँग पराजित बंगलादेश भने यस समूहको उपविजेता बनेको छ ।

नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन् । मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

त्यसअघि भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । अब, नेपालले समूह ‘बी’को उपविजेतासँग खेल्ने छ ।

श्रीलंका भने समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले एक-एक गोल गरे भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए ।

नेपालका समीरले खेलको १७औं मिनेटमै गोल गर्द नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । प्रतियोगितामा समीरको यो पहिलो थियो ।

त्यसको दुई मिनेटपछि नै निराजनले अर्को गोल थपे । जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो । यसअघि श्रीलंकाविरुद्ध नेपाललाई जित दिलाउन उनले नै निर्णायक गोल गरेका थिए ।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मिराजुल इस्लामले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरे । नेपालका डिफेन्डर राम थापाले मिराजुललाई बक्सभित्र बंगलादेशले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई मिराजुलले सदुपयोग गरे ।

तर, खेलको बाँकी अवधि गोल हुन नसक्दा नेपाल २-१ गोलले विजयी भएको हो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top