७ भदौ, विराटनगर ।
सशस्त्र प्रहरीको एपिएफ महिला टोली एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न मलेसिया प्रस्थान गरेको छ ।
बिहीबार साँझ प्रीति राईसहितको विभागीय टोली एपिएफ वुमन्स क्लब च्याम्पियन्स लिग खेल्नका लागि मलेसिया प्रस्थान गरेको हो ।
एसियाली फुटबल महासंघ (एएफसी)को ‘ड्र’ अनुसार एपिएफ समूह ‘सी’ रहेको छ । यो समूहमा एपिएफसँगै उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब रहेको छ ।
एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा एक समूह ‘ए’मा चार र अन्य तीन समूहमा तीन टोली रहेका छन् ।एपिएफले पहिलोपटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो ।
एसियाका क्लबहरू भिड्ने उक्त प्रतियोगिताको छनोट खेल आइतबारबाट मलेसियामा सुरु हुँदै छन् । सुरु दिन नै उज्वेकिस्तानको सेभिन्चसँग खेल्दै एपिएफले प्रतियोगिताको थालनी गर्ने छ ।
सन् २०१९ यता प्रत्येक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगिता २०२० मा भने कोरोना महामारीका कारण रद्द नै भएको थियो ।