×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस-एमाले सरकारप्रति भारतको राम्रो प्रतिक्रिया : परराष्ट्रमन्त्री राणा

७ भाद्र २०८१

७ भदौ, काठमाडौं ।

फर्किएकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भ्रमणबारे पार्टीलाई ब्रिफिङ गरेकी छन् । हालै पाँचदिने भारत भ्रमण सकेर नेपाल फर्किएकी राणाले सानेपामा जारी केन्द्रीय समिति बैठकमा भारत भ्रमणबारे जानकारी गराएकी हुन् ।

Advertisement
Advertisement

ब्रिफिङमा उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारप्रति भारतको प्रतिक्रिया राम्रै रहेको बताएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारसँग सहयोग गर्न प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।

उनले भारतीय अधिकारीहरुसँग पञ्चेश्वर, महाकाली नदीको पुल लगायतका एजेण्डामा कुराकानी भएको जानकारी दिइन् । आफ्नो भ्रमणको सकारात्मक प्रभाव देखिन थालेको भन्दै उनले डुबान समस्याबारे अध्ययन गर्ने संयुक्त बैठक बस्ने खबर शुक्रबारमात्र आएको सुनाइन् ।

‘लक्किली मोदीजीसँग पनि भेट भयो । सबभन्दा राम्रो कुरा चाहिँ के भयो भने दुइटा ठूला पार्टी मिलेर बनेको सरकारप्रति उहाँहरूको कस्तो रेस्पोन्स हुन्छ भन्दा रेस्पोन्स राम्रो भएको यहाँ अवगत गराउन चाहन्छु,’ उनले भनिन् ।

Advertisement

भारतको औपचारिक भ्रमण सकेर राणा बिहीबार स्वदेश फर्किएकी हुन् । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवाता गरेकी थिइन् । प्रधानमन्त्री मोदीसँगको भेटवार्ता र भारत भ्रमण उपलब्धिमुलक रहेको उनको भनाइ छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top