बस दुर्घटनाका घाइतेहरूलाई भेट्न नेपाल आउँदैछिन् भारतकी केन्द्रीय मन्त्री खडसे

७ भदौ ८१, शनिबार

८ भदौ, विराटनगर ।

भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई बस दुर्घटनाका घाइतेहरूलाई भेट्न काठमाडौं पठाउने भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भारतीय पर्यटक सवार बस दुर्घटना भएको थियो ।

Advertisement

४४ जना सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमा १९ जना घाइते भएकामध्ये १६ जनाको महराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते तीन जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

बस दुर्घटनामा घाइते भएकाहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे नेपाल आउने भएकी हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा खडसे आज बिहान काठमाडौं आउँदै छिन् । उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने जानकारी गराइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top