NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ? आइतवार कार्तिक २ , २०८२
नेपाली टोली यूएईमा, अनिलको पुनरागमन आइतवार कार्तिक २ , २०८२
Next
Prev

समाचार

रुसले हार्ने बाइडेनको ठोकुवा, मोदीले के भने ?

शनिबार भदौ ८ , २०८१
Reading Time: 1 min read
A A
पुटिनको शत्रुदेशमा मोदी, ट्रेनबाट जाने,जेलेन्स्कीसंग ७ घण्टा विताउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

७ भदौ ,विराटनगर।

रुस–युक्रेन युद्ध सुरु भएको करिब अढाइ वर्ष नाघिसकेको छ । दुई राष्ट्रबीचको युद्ध नीतिले गर्दा रुस र युक्रेनमा युद्ध दैनिकीजस्तो बनिसकेको छ । दुई देशका जनता युद्धसँग अभ्यस्त भइसकेका छन् । यसबीच युद्धका कारण कतिले ज्यान गुमाए र कति अंगभंग भए भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन । रुस–युक्रेन युद्धको सुरुवातदेखि युक्रेनमाथि रुसले निरन्तर धावा बोलिरहेको थियो ।

तर, पछिल्लो समय भने युक्रेनको प्रतिआक्रमणले गर्दा रुस कमजोर भएको हो भन्ने प्रश्नहरु गर्न थालिएको छ । अत्याधुनिक हतियारका साथमा रुसमाथि जाइलागेको युक्रेनले उल्लेखनीय सफलता हात पारिरहेको अवस्था छ भने रुसले त्यसको जमेर जवाफ दिन सकेको देखिदैन। यद्यपी रुसले किभविरुद्ध पुनः आक्रमणलाई तिब्र पारेको छ ।

तर यता रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार रुसको कुर्स्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दाबी गरिएको छ ।

युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ । पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसले उनको राजीनामा माग गरिरहेका छन् । युक्रेनी सेनाले रुसको सुदजा शहरमा प्रवेश गरेर लेनिनको मूर्ति भत्काएका छन् । गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि धावा बोलेयता रुसी भूभागमाथि युक्रेनले सर्वाधिक ठूलो आक्रमणमा तल्लीन छ । युक्रेनले अगस्ट ६ मा युक्रेनले पहिलोपटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो । त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरिसकेको छ । युक्रेनी सेना कुर्स्कमा ३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको छ ।

अगस्ट १६ मा पनि सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएपछि त्यहाँबाट रुसी सेना पछि हट्नु परेको थियो । सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो ।

यही कारण रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन् । कुर्स्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनीहरूको भनाइ छ । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रणनीतिक महत्व भएको पुलहरु पनि ध्वस्त पारेको छ । अब, अझै युक्रेनले पश्चिमा देशहरूबाट पहिलो खेपमा पाएको एफ–१६ लडाकु विमानहरू प्रयोग गर्न लागेको छ ।

रुससँग युद्ध गरिरहेको युक्रेनले सन् २०२५ सम्ममा ६५ वटा त्यस्ता विमान प्राप्त गर्ने ठानिएको छ । यसबीच युक्रेनी सेनालाई अमेरिकाले थप हतियार सहयोग गर्ने भएको छ । यसअघि पटकपटक हतियार सहयोग गरेको अमेरिकाले पछिल्लोपटक १२५ मिलियन डलर बराबरको प्याकेज घोषणा गरेको हो । राष्ट्रपति भोलोमिदिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको टेलिफोन वार्तापछि अमेरिकाको नयाँ प्याकेज सार्वजनिक भएको हो ।

पेन्टागनका अनुसार नयाँ प्याकेजमा वायु रक्षा प्रणाली, ट्यांक तथा एन्टिमिसाइल प्रणाली लगायत छन् । बाइडेनले विज्ञप्ति जारी गर्दै युक्रेनविरुद्धको युद्धमा रुसको हार हुने ठोकुवा गरेका छन् । उनले स्वतन्त्रताको लडाईँ युक्रेनले जित्ने र त्यसमा आफूहरूको सहयोग सधैँ रहने जनाएका छन् । यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे किभ गएर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग गरेको भेटवार्ता पनि निकै चर्चामा रह्यो ।

मोदीसँगको भेटबारे जेलेन्स्कीले बयान पनि दिएका छन् । उनले यो राम्रो सुरुवात भएको र यो भ्रमण दुवै देशका लागि ऐतिहासिक भएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले भने, ‘हामी कसैका कारणले हाम्रो सिमाना परिवर्तन गर्दैनौँ । पुटिनलाई भन्दा प्रधानमन्त्री मोदीलाई शान्ति मनपर्छ । तर पुटिन यस्तो चाहँदैनन् । उनीहरूले भेट्दा के के कुरा गरे मलाई थाहा छैन । यदि प्रधानमन्त्री (मोदी) को आधिकारिक भ्रमणमा जब तपाईं अस्पतालमा बच्चाहरूलाई आक्रमण गर्नुहुन्छ तब पुटिनले भारतलाई सम्मान गर्दैनन् वा आफ्नो सेनालाई नियन्त्रण गर्दैनन् भन्ने कुरा बुझ्नुपर्छ।’ जेलेन्स्कीले भनेका छन् ।

मोदीले पनि युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएका छन् । किभमै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले भने, ‘भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुनेछ।’

जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गरेका थिए । ‘विगतमा पनि भारतले युक्रेनलाई मानवीय सहयोग गरेको थियो । आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको छ’, उनले भने । प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शुक्रबार मारिन्स्कीमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी थिए ।

मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गरेका थिए । यसबारे मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन् । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: # पुटिनको लोकप्रियता घट्दो#नेपाल टाइम्स् ट्रेडिंग#रुसले हार्ने बाइडेनको ठोकुवा

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम
अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै
ताजा समाचार

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?
ताजा समाचार

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

World News:एन्ड्रयूले त्यागे ’ड्यूक अफ योर्क’, चीनमा ९ शीर्ष जनरल निष्कासित

00:14:00

World News:हसिनालाई मृ त्युद ण्डको माग,ह मा सलाई समाप्तै गर्नुपर्ने|| Nepal Times

00:21:02

World News:Iranमाथि प्रतिबन्ध रुसद्वारा अस्वीकार, आफ्नै फोटोमा भड्किए ट्रम्प|| Nepal Times

00:19:54

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओलीको राजीनामा माग्दै उषाकिरणले झाँको झारिन,गैरेले पनि मागे राजीनामा

शुक्रबार अशोज ३१ , २०८२
विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२०२६ टी २० विश्वकपमा नेपाल भर्सेस भारत ?

बिहिबार अशोज ३० , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्प विरु द्ध उर्लिए अमेरिकी, देशैभर ‘नो किङ्स’ प्रदर्शन

आइतवार कार्तिक २ , २०८२
पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

पाकिस्तान र अफगानिस्तानबीच फेरि यु द्ध विराम

आइतवार कार्तिक २ , २०८२
ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

ठूला नेता देश छाडेर भाग्ने दाउँमा, गृहमन्त्री रोक्ने उपाय खोज्दै

आइतवार कार्तिक २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.