×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

रुसले हार्ने बाइडेनको ठोकुवा, मोदीले के भने ?

८ भाद्र २०८१

७ भदौ ,विराटनगर।

रुस–युक्रेन युद्ध सुरु भएको करिब अढाइ वर्ष नाघिसकेको छ । दुई राष्ट्रबीचको युद्ध नीतिले गर्दा रुस र युक्रेनमा युद्ध दैनिकीजस्तो बनिसकेको छ । दुई देशका जनता युद्धसँग अभ्यस्त भइसकेका छन् । यसबीच युद्धका कारण कतिले ज्यान गुमाए र कति अंगभंग भए भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन । रुस–युक्रेन युद्धको सुरुवातदेखि युक्रेनमाथि रुसले निरन्तर धावा बोलिरहेको थियो ।

Advertisement
Advertisement

तर, पछिल्लो समय भने युक्रेनको प्रतिआक्रमणले गर्दा रुस कमजोर भएको हो भन्ने प्रश्नहरु गर्न थालिएको छ । अत्याधुनिक हतियारका साथमा रुसमाथि जाइलागेको युक्रेनले उल्लेखनीय सफलता हात पारिरहेको अवस्था छ भने रुसले त्यसको जमेर जवाफ दिन सकेको देखिदैन। यद्यपी रुसले किभविरुद्ध पुनः आक्रमणलाई तिब्र पारेको छ ।

तर यता रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नागरिकले प्रश्न उठाउन थालेका छन् । पछिल्लो समय पुटिनविरुद्ध सामाजिक सञ्जालमा नागरिकले आक्रोश ब्यक्त गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार रुसको कुर्स्कमा युक्रेनी आक्रमणपछि पुटिनको लोकप्रियता घटेको दाबी गरिएको छ ।

युक्रेनी सेनाको आक्रमणलाई रुसी सरकार र विशेषगरी पुटिनको असफलताका रूपमा हेरिएको छ । पुटिनको युद्ध नीति असफल भएको भन्दै मानिसले उनको राजीनामा माग गरिरहेका छन् । युक्रेनी सेनाले रुसको सुदजा शहरमा प्रवेश गरेर लेनिनको मूर्ति भत्काएका छन् । गत वर्ष रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको नेतृत्वमा भएको विद्रोहपछि पुटिनको लोकप्रियता घटेको थियो ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि धावा बोलेयता रुसी भूभागमाथि युक्रेनले सर्वाधिक ठूलो आक्रमणमा तल्लीन छ । युक्रेनले अगस्ट ६ मा युक्रेनले पहिलोपटक रुसको भूभागमा प्रवेश गरी आक्रमण गरेको थियो । त्यसयता युक्रेनले दुई हप्तामा रुसबाट १२६३ वर्ग किलोमिटर क्षेत्र कब्जा गरिसकेको छ । युक्रेनी सेना कुर्स्कमा ३५ किलोमिटर अगाडि बढेको छ भने ९२ गाउँ कब्जा गरिसकेको छ ।

अगस्ट १६ मा पनि सुदजामा रुसी र युक्रेनी सेनाबीच युद्ध भएपछि त्यहाँबाट रुसी सेना पछि हट्नु परेको थियो । सन् २०२४ को ८ महिनामा रुसले कब्जा गरेको भन्दा युक्रेनले २ हप्तामा बढी जमिन कब्जा गरेको युक्रेनले दाबी गरेको छ । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशले रुसको यति ठूलो भूभाग कब्जा गरेको यो पहिलो पटक हो ।

यही कारण रुसी जनताले पुटिनसँग युद्ध नीतिमा परिवर्तनको माग गरिरहेका छन् । कुर्स्कमा भएको आक्रमणका कारण जनतामा त्रास फैलिएको उनीहरूको भनाइ छ । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रणनीतिक महत्व भएको पुलहरु पनि ध्वस्त पारेको छ । अब, अझै युक्रेनले पश्चिमा देशहरूबाट पहिलो खेपमा पाएको एफ–१६ लडाकु विमानहरू प्रयोग गर्न लागेको छ ।

रुससँग युद्ध गरिरहेको युक्रेनले सन् २०२५ सम्ममा ६५ वटा त्यस्ता विमान प्राप्त गर्ने ठानिएको छ । यसबीच युक्रेनी सेनालाई अमेरिकाले थप हतियार सहयोग गर्ने भएको छ । यसअघि पटकपटक हतियार सहयोग गरेको अमेरिकाले पछिल्लोपटक १२५ मिलियन डलर बराबरको प्याकेज घोषणा गरेको हो । राष्ट्रपति भोलोमिदिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको टेलिफोन वार्तापछि अमेरिकाको नयाँ प्याकेज सार्वजनिक भएको हो ।

पेन्टागनका अनुसार नयाँ प्याकेजमा वायु रक्षा प्रणाली, ट्यांक तथा एन्टिमिसाइल प्रणाली लगायत छन् । बाइडेनले विज्ञप्ति जारी गर्दै युक्रेनविरुद्धको युद्धमा रुसको हार हुने ठोकुवा गरेका छन् । उनले स्वतन्त्रताको लडाईँ युक्रेनले जित्ने र त्यसमा आफूहरूको सहयोग सधैँ रहने जनाएका छन् । यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे किभ गएर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसंग गरेको भेटवार्ता पनि निकै चर्चामा रह्यो ।

मोदीसँगको भेटबारे जेलेन्स्कीले बयान पनि दिएका छन् । उनले यो राम्रो सुरुवात भएको र यो भ्रमण दुवै देशका लागि ऐतिहासिक भएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले भने, ‘हामी कसैका कारणले हाम्रो सिमाना परिवर्तन गर्दैनौँ । पुटिनलाई भन्दा प्रधानमन्त्री मोदीलाई शान्ति मनपर्छ । तर पुटिन यस्तो चाहँदैनन् । उनीहरूले भेट्दा के के कुरा गरे मलाई थाहा छैन । यदि प्रधानमन्त्री (मोदी) को आधिकारिक भ्रमणमा जब तपाईं अस्पतालमा बच्चाहरूलाई आक्रमण गर्नुहुन्छ तब पुटिनले भारतलाई सम्मान गर्दैनन् वा आफ्नो सेनालाई नियन्त्रण गर्दैनन् भन्ने कुरा बुझ्नुपर्छ।’ जेलेन्स्कीले भनेका छन् ।

मोदीले पनि युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिएका छन् । किभमै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले भने, ‘भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुनेछ।’

जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गरेका थिए । ‘विगतमा पनि भारतले युक्रेनलाई मानवीय सहयोग गरेको थियो । आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको छ’, उनले भने । प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शुक्रबार मारिन्स्कीमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी थिए ।

मोदी र जेलेन्स्कीले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको ठाउँको पनि सँगै भ्रमण गरेका थिए । यसबारे मोदीले सामाजिक सञ्जाल एक्समा भेटको भिडिओ पोस्ट गर्दै बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन् । यसबारे तपाइँका टिप्पणी अवस्य व्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top