Nepal Times
Nepal Times
3
Shares

एएफसी महिला च्याम्पियनसिप : आज एपिएफले नासाफसँग खेल्ने

एएफसी महिला च्याम्पियनसिप : आज एपिएफले नासाफसँग खेल्ने

९ भदौ, विराटनगर ।

सशस्त्र प्रहरीको एपिएफ महिला टोलीले एएफसी वुमन्स क्लब च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेलमा आज डेब्यु गर्दै छ ।

आइतबार साँझ ५ः४५ बजेबाट मलेसियाको कोटाकिनबालुमा हुने खेलमा एपिएफले उज्वेकिस्तानको फुटबल क्लब नासाफसँग खेल्ने छ ।

गत बिहीबार साँझ प्रीति राईसहितको विभागीय टोली एपिएफ वुमन्स क्लब च्याम्पियन्स लिग खेल्नका लागि मलेसिया प्रस्थान गरेको थियो ।

एसियाली फुटबल महासंघ (एएफसी)को ‘ड्र’ अनुसार एपिएफ समूह ‘सी’ रहेको छ । यो समूहमा एपिएफसँगै उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब रहेको छ ।

एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा एक समूह ‘ए’मा चार र अन्य तीन समूहमा तीन टोली रहेका छन् ।

सन् २०१९ यता प्रत्येक वर्ष आयोजना हुँदै आएको उक्त प्रतियोगिता २०२० मा भने कोरोना महामारीका कारण रद्द नै भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.