मेसीबिनाको मियामीको जितमा स्वारेजको दुई गोल

८ भदौ ८१, आइतबार

९ भदौ, विराटनगर ।

Advertisement

अमेरिकन मेजर लिग सकरअन्तर्गत आइतबार बिहान भएको खेलमा इन्टर मियामीले जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा मियामीले सिनसिनाटीलाई २-० गोलले हराएको हो ।

मियामीको जितमा दुवै गोल लुइस स्वारेजले गरे । खेलको ३२ सेकेन्डमै पहिलो गोल गरेका स्वारेजले त्यसको पाँच मिनेटपछि नै दोस्रो गोल थपे ।

Advertisement

खेलको ४२औं मिनेटमा टोमस अभिलेसले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको मियामीले खेल अवधिभर आफ्नो अग्रता कायमै राख्यो ।

घाइते भएका लियोनल मेसीबिना नै जित निलकाेको मियामीले प्लेअफमा स्थानसमेत पक्का गरेको छ । दोस्रो स्थानमा रहेको सिनसिनाटीभन्दा मियामी आठ अंकले अगाडि छ ।

Advertisement

जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियामाथि जित हात पार्दा घुँडामा चोट लागेपछि मेसीले कुनै पनि खेल खेलेका छैनन् ।

तर, मियामीले मेसी नियमित सिजनको अन्त्यअघि नै फर्कने अपेक्षा गरेको छ । अक्टोबर १९ मा यो सिजन समाप्त हुनेछ भने अर्को हप्ताबाट प्लेअफका खेल सुरु हुने छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top