×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

दक्षिण कोरियाली खेलाडीसँग सेल्फी खिच्ने उत्तर कोरियाका खेलाडी कारबाहीमा

९ भाद्र २०८१

९ भदौ, विराटनगर ।

फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न पेरिस ओलम्पिकमा दक्षिण कोरियाली खेलाडीसँग सेल्फी खिच्ने उत्तर कोरियाका खेलाडी कारबाहीमा परेका छन् । दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको हो ।

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय मिडिया टेलिग्राफका अनुसार उत्तर कोरियाको खेलकुद मन्त्रालयले विभिन्न तीन चरणमा नैतिकताको जाँच गरेको थियो । टेबल टेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।

उनीहरूले चीनका गोल्ड मेडलिस्ट वाङ चुक्विन र सन यिङ्सा अनि दक्षिण कोरियाका कास्यपदक विजेता लिम जुङहुन शिन युबिनसँग टेनिस पोडियममा सेल्फी खिचाएका थिए ।

उत्तर कोरियाको तर्फबाट उनीहरूलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तर्क्रिया नगर्न निर्देशन दिइएको थियो ।

दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।

दक्षिण कोरियाली समाचारपत्र जुङएङ एल्बोको रिपोर्टअनुसार गैर-कम्युनिस्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा हो । खासगरी यी दुई राष्ट्रहरूबीच परराष्ट्र सम्बन्ध सुमधुर छैन । विगतमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूले दुई राष्ट्रबीचको कूटनीतिको अवस्था झल्काउने गरेको छ ।

सन् २०१८ मा यी दुई देशहरूबीच सुमधुर सम्बन्ध हुँदाताका प्योङचाङ ओलम्पिकको उद्घाटन समारोहमा दुवै देशहरू सँगै मार्च गर्दै र महिला आइस हक्की प्रतियोगितामा एकताबद्ध टोलीलाई फिल्डिङ गरेको देखाइएको थियो ।

तर, उत्तर कोरियाको लामो समयसम्म क्षेप्यास्त्र परीक्षण र सोलप्रतिको शत्रुतापछि उनीहरूको सम्बन्ध चिसिएको बताइन्छ । कुटनीतिक सम्बन्धकै कारण उत्तर कोरियाको खेलकुद मन्त्रालयले उनीहरूलाई कारबाही गर्न चाहेको आँकलन गर्न सकिन्छ ।

Advertisement

तर, कतिपय रिपोर्टहरूका अनुसार पेरिस ओलम्पिकको प्रायोजकमध्ये दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसुङ पनि थियो । सोही कारण पनि दक्षिण कोरियाली खेलाडीहरूकै आग्रहमा उत्तर कोरियाका खेलाडीहरू आफ्नो देशको नीतिविपरीत गएर फोटो खिचेको हुन सक्ने बताइएको छ ।

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top