विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिँदै, प्रदेशमा बिदा

१० भदौ ८१, मंगलबार

११ भदौ, विराटनगर ।

मोरङको विराटनगरमा आज धार्मिक एवम् ऐतिहासिक महत्त्वको राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा हरेक वर्ष रथयात्रा निकालिन्छ ।

प्रत्येक वर्ष विराटनगरमा निकालिँदै आएको रथयात्रा दक्षिण एसियाकै दोस्रो ठुलो रथयात्राका रूपमा परिचित छ । रथयात्राका अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

Advertisement

विश्व हिन्दू समुदायमा विराटनगरको रथयात्रालाई चिनाउनेगरी निकालिन लागिएको श्रीराधाकृष्ण रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिए ।

कोशी प्रदेशसहित नेपाल र भारतका पाँच लाखभन्दा बढी भक्तजनहरूले श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने आँकलन गरिएको रथयात्रा आयोजक समितिका सचिव कृष्ण कार्कीले बताएका छन् ।

Advertisement

आज विराटनगर महानगरपालिका–१ स्थित पानीट्यांकीबाट निस्कने रथयात्रा नगर क्षेत्रको विभिन्न ४३ स्थानमा रोकेर पुनः मन्दिरमा पुगेर समापन हुने छ ।

१९८९ सालबाट सुरु भएको खटयात्रालाई विकाश र परिमार्जन गर्दै २०२५ सालदेखि विराटनगरमा राधाकृष्ण रथयात्राको रूपमा प्रदर्शन गरिँदै आएको छ । यो ९३औं संस्करणको रथयात्रा हो ।

यसपटकको रथयात्रा पनि अघिल्लो वर्षझैं पानी ट्याङकीस्थित राधाकृष्ण मन्दिरबाट सुरु गरेर तीनपैनी, गोल्छाचोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, बसपार्क, महेन्द्र चोक, शनिमन्दिर, भृकुटी चोक र बरगाछीबाट दुर्गा चोक हुँदै पुनः मन्दिरमा पुगेर समापन हुने आयोजकले जनाएको छ ।

यसपालिको रथयात्राको शुभारम्भ कोशी प्रदेशकका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरला कार्कीलगायतले गर्ने आयोजक समितिका अध्यक्ष रेग्मीले जानकारी दिए ।

‘मुख्यमन्त्री कार्की प्रमुख अतिथिका रूपमा शुभारम्भ कार्यक्रममा आउनुहुनेछ भने मेयर कोइराला संरक्षकका रूपमा हुनुहुनेछ,’ उनले भने, ‘अघिल्लो वर्ष उल्लेख्य रूपमा भक्तजनले अवलोकन गर्नुभएको थियो । यसपालि अझै बढ्ने हाम्रो आँकलन छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top