विराटनगरमा ३ बजेपछि राधाकृष्ण रथ यात्रा,४३ स्थानमा विश्राम

१० भदौ ८१, मंगलबार

११ भदौ ,विराटनगर  ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट आज विराटनगरमा राधाकृष्ण रथ यात्रा निकालिँदै छ । दक्षिण एसियाकै ठूलो भनिने राधाकृष्ण रथयात्रामा सहभागी हुनका लागि लाखौँको सङ्ख्यामा भक्तजनको सहभागिता हुने गरेको छ ।

रथयात्रामा सहभागी हुनका लागि भारतका विभिन्न स्थानबाट भक्तजन विराटनगरमा भेला भइरहेका छन् । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्राका लागि प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

Advertisement

विराटनगरमा विक्रम संवत् १९८८ सालदेखि ‘खट’ यात्राबाट सुरु भएको थियो । सो घट यात्रालाई अहिले राधाकृष्ण रथ यात्राका रूपमा मनाउने गरिएको छ ण् । २०२५ सालबाट खटसँगै रथयात्रा निकाल्न थालिएको हो ।

यस पटक विराटनगरमा निकालिने खटको ९३ औँ र रथको ५६ औँ संस्करण हो ।विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीसहितको रथ निकालिन्छ ।

Advertisement

रथयात्राले बजार क्षेत्रको ९ किलोमिटर यात्रा तय गर्ने छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेन रोड, ट्राफिक चोक, रोड शेष चोक, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

रथ यात्रा आज दिउँसो साढे ३ बजे राधाकृष्ण मन्दिरदेखि सुरु हुने आयोजकले जनाएको छ । कोशी प्रदेशसहित नेपाल र भारतका पाँच लाखभन्दा बढी भक्तजनहरूले श्रीराधाकृष्ण रथयात्राको अवलोकन गर्ने आँकलन गरिएको रथयात्रा आयोजक समितिका सचिव कृष्ण कार्कीले बताएका छन् ।

रथयात्रा नगर क्षेत्रको विभिन्न ४३ स्थानमा रोकेर पुनः मन्दिरमा पुगेर समापन हुने छ । राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । राधाकृष्ण रथयात्रा हेर्न पूर्वी नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन आउने गरेका छन् ।

रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन ठुलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सादा पोसाकका र हतियारसहितका सुरक्षाकर्मी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।

प्रहरीले करिब १ महिना अघिदेखि नै रथयात्रा लक्षित सुरक्षा तयारी थालेको थियो । यात्राका क्रममा हुनसक्ने चोरी, पकेटमारी र लुटपाट केन्द्रित गरेर प्रहरी सक्रियता बढाइएको हो ।

यसपालिको रथयात्राको शुभारम्भ कोशी प्रदेशकका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निरला कार्कीलगायतले गर्ने आयोजक समितिले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top