ओल्मोको डेब्यु गोलमा बार्सिलोनाको जित

११ भदौ ८१, बुधबार

१२ भदौ, विराटनगर । 

हालै अनुबन्धित डानी ओल्मोको डेब्यु गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार तेस्रो जित आत्मसात् गरेको छ । बार्सिलोनाले मंगलबार राति रायाे भालेकानोलाई उसैको मैदानमा २-१ गाेलले हराएको थियो ।

स्पेनको राजधानी मड्रिडस्थित भालेकासमा भएको खेलमा बार्सिलोनालाई जिताउन ओल्मोले एक गोल गर्दा पेड्रीले एक गोल गरेका थिए । भालेकानोका उनाई लोपेजले एक गोल गरे ।

Advertisement

भालेकानोले लोपेजको गोलमा नवौं मिनेटमा अग्रता लिएको थियो । तर, पेड्रीले ६० औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

स्पेनी प्ले मेकर ओल्मोले ८२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताए । उनी हालैमात्र आरबी लाइपिजबाट बार्सिलोनामा अनुबन्ध भएका खेलाडी हुन् । उनले डेब्यु खेलमै पहिलो गोल गरे ।

Advertisement

यससँगै बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना यो सिजन तीन राउन्डपछि तीन जित हात पार्ने एक मात्र टोली बनेको छ ।

बार्सिलोनाले तीन खेलबाट ९ अंक जोडेको छ । उसले समान खेलबाट ७ अंक जोडेको भिल्ला रियललाई उछिनेको हो । रायो समान खेलबाट ४ अंक जोड्दै आठौं स्थानमा यथावत् छ ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top