नेपालविरुद्ध बंगलादेशले लियो तेब्बर अग्रता

११ भदौ ८१, बुधबार

१२ भदौ, विराटनगर ।

काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेलमा अहिले घरेलु टोली नेपाल र बंगलादेशले खेलिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा जारी फाइनल खेलमा बंगलादेशले आफ्नो अग्रता तेब्बर बनाएको छ । खेलको ७० औं मिनेटमा गोल गर्दै घरेलु टिम नेपालविरुद्ध बंगलादेशले ३-० गोलको अग्रता बनाएको हो ।

Advertisement

यसअघि खेलको ५४औं मिनेटमा गोल गर्दै बंगलादेशले नेपालविरुद्ध २-० गोलको अग्रता बनाएको थियो । यसअघि पहिलो हाफको इन्ज्युरी समयमा पाएको फ्रिकिकलाई बंगलादेशका खेलाडीले गोलमा परिणत गरेका थिए ।

सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् । सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।

बंगलादेशले तीन पटकको विजेता भारतलाई हराएको थियो । नेपालले भने समूह चरणका बंगलादेशलाई हराएको थियो । नेपाल आज बंगलादेशलाई हराउँदै तेस्रो पटक उपाधि जित्ने योजनामा छ । नेपालले यसअघि सन् २०१५ र २०१७ मा उमेर समूहका प्रतियोगिता जितेको थियो ।
बंगलादेश भने पहिलोपटक उपाधि जित्ने दाउमा छ । पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो ।

नेपालले समूहको पहिलो खेलमा श्रीलंकालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top