NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु शनिबार कार्तिक ८ , २०८२
आज कहाँ हुनेछ वर्षा र हिमपात ? शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

जनयुद्ध शब्दमै संघर्ष,माओवादीलाई स्थापित गराउन हम्मेहम्मे

बुधबार भदौ १२ , २०८१
Reading Time: 1 min read
A A
जनयुद्ध शब्दमै संघर्ष,माओवादीलाई स्थापित गराउन हम्मेहम्मे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ भदौ , काठमाण्डौ ।

जनयुद्धलाई हिंसा भनिएको भन्दै आज फेरि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच संसदमै चर्काचर्की परेको छ । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्दा माओवादीको सशस्त्र संघर्षलाई ‘राजनीतिक हिंसा’ भनेपछि सदनमा चर्काचर्की भएको हो । भट्टराईले बोल्ने क्रममा माओवादीले संचालन गरेको ’हिंसा’का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए ।

भट्टराईले ०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए । सांसद भट्टराईको यो अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे । तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले फेरि विरोध जनाए ।

LS Auto

माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे । त्यसपछि माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल अहिलेको संविधानले नदिने बताए । उनले आक्रोशित हुँदै भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु ।’

पौडेलले बोलेपछि योगेशलाई सभामुखले समय दिए पनि माओवादीले विरोध कायमै राखेपछि दुवै पार्टीका सांसद आरोप प्रत्यारोपमा उत्रिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानले हिंसा नभनेको भन्दै माओवादी जनयुद्धको अपमान गर्न नहुने बताए। त्यसपछि भट्टराईले बोल्दा फेरि माओवादीका सांसदले हिंसा शब्द रेकर्डबाट हटाउन माग गरेपछि भट्टराईले निहत्था मान्छेको हत्या गर्ने र अपहरण गर्ने काम हिंसा नै थियो भनेर प्रतिवाद गरे ।

एमालेका रघुजी पन्तले जनयुद्धमा मान्छे मारिनु हिंसा थियो भन्दै हिंसा शब्द प्रयोग गर्नु असंसदीय नरहेको बताए । सभामुखले माओवादीका सांसद रणेन्द्र बरालीलाई विशेष समयमा बोल्न दिए पनि उक्त पार्टीका सांसदले भने हिंसा शब्द नै हटाउनुपर्ने भन्दै सदन चल्न अवरोध सिर्जना गरे । सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर संसदनमा होहल्ला गरेका थिए ।

एमाले सभामुखप्रति पनि आक्रोशित बनेको थियो । “राजनीतिक प्रतिवद्धतामा कसैको छानबिन हुँदैन । हाम्रो राजनीतिक प्रतिवद्धता हो । को हो छानबिन गर्ने ? मान्छे मार्नु, गोली ठोक्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो,” आफ्ना धारणा टुंग्याउँदै भट्टराईले भने । सभामुखले पटक पटक दोहोरी नचलाउन अनुरोध गरे पनि दुवैपक्षबीच चर्काचर्की भएको हो ।

एकसाता अघि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा दलका नेताहरूले माओवादी सशस्त्र द्वन्द्वलाई जनयुद्ध नभनेको भन्दै असन्तुष्टि जनाएका थिए । उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई संकेत गर्दै माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरिएकोमा आपत्ति जनाएका थिए ।

प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले संविधानसभाको व्याख्यात्मक टिप्पणी नभुल्न अनुरोध गरेका थिए । उनले भने, ’अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तै गर्नुहुन्छ।’ संविधान सभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले थपे, ’जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ ।’

जनयुद्ध शब्दबारे दलहरुबीच जुहारी चलिरहेका बेला उता बजेट वक्तव्यमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द हटाउन माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिइसकेको छ । आर्थिक वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द खारेज गर्न माग गरिएको रिट दरपीठलाई सर्वोच्च अदालतले बदर गरेको हो । गत साउन ९ गते सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दर्ता नगर्न आदेश दिएका थिए ।

रिट निवेदकहरूले संघीय सरकारको २०८१÷८२ को बजेट वक्तव्यको बुँदा नं २ को दोस्रो हरफमा प्रयुक्त शब्दावली ‘२०५२ सालको जनयुद्ध’ र समान प्रकृतिको मधेश प्रदेशको २०८१÷८२ को बजेट वक्तव्यको बुँदा नं २ को तेस्रो हरफमा भएको ‘जनयुद्ध’ शब्द हटाई नेपालको संविधानमा उल्लिखित शब्दावली ‘सशस्त्र संघर्ष वा सशस्त्र द्वन्द्व’ राख्ने व्यवस्था मिलाउन अन्तरिम आदेश माग गरेका छन् ।

पूर्व सांसद विनयध्वज चन्दसहित द्वन्द्वपीडितहरूले ‘जनयुद्ध’ शब्दको प्रयोग गैरसंवैधानिक भएको भन्दै रिट दायर गरेका हुन् । माओवादी जनयुद्ध खासमा निरंकुश राजतन्त्र फालेर गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ २०५२ देखि २०६३ सालम्म तत्कालीन नेकपा माओवादी र सरकारबीचको सशस्त्र द्वन्द्वकालीन अवस्था हो ।

माओवादी संघर्षका रूपमा हेर्न सकिने युद्ध रक्तपातपूर्ण थियो, जसमा १७ हजार जनाको ज्यान गएको थियो । १० वर्षे युद्धकै जगबाटै एक सय चालिस वर्ष लामो राजतन्त्रको अन्त्यमात्र भएन,२०७२ सालको संविधान आयो अनि नेपाल संघीय गणतन्त्रात्मक मुलुक पनि बन्यो । सोही कारण जनयुद्धका नाइके भनेर चिनिने प्रचण्ड नेतृत्वकै सरकारले जनयुद्धको प्रारम्भ भएको दिन फागुन १ गते देशमा बिदा दिने घोषणा गरेको थियो ।

तर २०८० पुसमा नै सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गरेको थियो । सर्वोच्चले संक्रमणकालीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो । संविधानमा समेत ‘जनयुद्ध’ शब्द प्रयोग नगरी ‘सशस्त्र संघर्ष’ शब्द प्रयोग भएको छ ।

Tags: # शब्दमै संघर्ष#‘जनयुद्ध’

लोकप्रीय

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

विचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२

थप समाचार

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले
ताजा समाचार

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु
ताजा समाचार

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

कहाँ छन् दुर्गा प्रसाईँ ? तीनकुनेको ताण्डवबारे मुख खोले

छठ पर्वपछि देशै ठप्प पार्ने प्रसाईँको चेतावनीपछि सुरक्षा सतर्कता बढाइयो

शनिबार कार्तिक ८ , २०८२
छठ पर्व आजदेखि सुरु

छठ पर्व आजदेखि सुरु

शनिबार कार्तिक ८ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आज कहाँ हुनेछ वर्षा र हिमपात ?

शनिबार कार्तिक ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.