राष्ट्रिय ध्वजाबाहकको जहाज मर्मतमा लापरबाही ?

१२ भदौ ८१, बिहीबार

१३ भदौ , काठमाण्डौ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवासँग अन्तराष्ट्रिय उडान भर्ने ४ वटा जहाज रहेकामा ३ वटा ‘ग्राउण्डेड’ भएका छन् । निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । निगमको न्यारोबडी मंगलवार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् ।

निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरु रद्ध हुँदा यात्रुहरु प्रभावित बन्न पुगेका हुन् । न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो ।

Advertisement

न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौंबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरुलाई दिनभर ¥याडिसनको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रवन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

उडानको अन्तिम समयमा ‘ग्राउण्डेड’ भएको ‘सगरमाथा’को हाइड्रोलिकमा प्राविधिक समस्या आएर ग्राउन्डेड भएको थियो । उक्त जहाज उडाउन निगमका कर्मचारीले एउटा खोल्नुपर्ने हाइड्रोलिक चेक जाँचको लागि अर्कै खोलेको र हाइड्रोलिक लिकेज भएको टाल्न सुपर ग्लु प्रयोग गरेको खबर समेत बाहिरिएको छ ।

Advertisement

निगमको दुईवटै वाइडबडी ग्राउण्डेड हुने भएपछि जसरी पनि उडान गर्नुपर्ने दबाबमा परेको भन्दै हाइड्रोलिक लिकेज टाल्न सुपर ग्लुको प्रयोग गरेको भन्ने गुनासो नै नेपाल नागरिक उड्डयन प्राधिकरणसम्म पुगेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेद्र भुलले ‘जुन तरिकाले मर्मत गरेको भन्ने गुनासो आएको छ त्यो सही छ छैन भनेर जाँचबुझ गर्न एक न्यारोबडीको उडानमा रोक लगाएको बताएका छन् ।

उक्त जहाजको विषयमा प्राधिकरणका प्राविधिकले निरीक्षण गरिरहेका छन् । प्राधिकरणको प्राविधिक टोलिले आवश्यक निरीक्षण गरेर ठीक छ नभनेसम्म उक्त जहाज उडानमा रोक लागि नै रहने पनि उनको भनाइ छ ।

प्राधिकरणले हवाई उडान सुरक्षामा कुनै कमजोरी हुन नदिन जहाजको आवश्यक निरीक्षण गर्न खोजेको पनि उनले बताएका छन् । निगमको एउटा एयरबसको ए३३० नामको ९एन एएलवाई कलसाइनको जहाज असार ९ गतेदेखि इटलीको एटीटेक एसपीएमा सिचेक गर्ने भन्दै मर्मतमा छ ।

यो जहाज एक महिनाभित्रै आइपुग्नुपर्ने भएपनि अझै आउने टुंगो लागेको छैन् । निगमको एउटा न्यारोबडी ८ भदौदेखि ग्राउन्डेड छ भने अर्को एउटा ए३३० नामक ९एन एएलजेड कलसाइनको वाइडबडि जहाजसमेत सिचेकेकै लागि इटली जाँदै छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानमा भएका ४ वटा जहाजमध्ये एकैपटक ३ वटा ग्राउण्डेड हुँदा अब निगमसँग ए३२० को ९एन एकेएक्स कलसाइनको मात्रै जहाज बाँकी छ । एउटा जहाजले ४ वटाको गन्तव्य धान्न नसक्ने हुँदा पछिल्लो समय निगमको उडान अस्तव्यस्त भएको छ ।

निगमका प्रवब्क्ता रमेश पौडेलका अनुशार निगमसँग न्यारोबडी र वाइडबडी विमान दुई–दुई वटा रहेका छन् । तर एउटा वाइडबडी विस्तृत मर्मत (सी–चेक) का लागि दुई महिनादेखि इटालीमा अलपत्र अवस्थामा रहेको छ ।

प्रवक्ता पौडेलले अलपत्र नभई सम्पूर्ण जाँच सकेर अगस्ट महिनामा नेपालमा ल्याउने तयारी रहेको उल्लेख गरेका छन् । उनका अनुशार अर्को वाइडबडी ‘सी–चेक’ कै लागि बुधवार बेलुकी इटाली उडेको छ ।

यता आन्तरिक उडानमा रहेका निगममा दुई वटा ‘ट्विनअटर’ मध्ये एउटा मात्रै उडानमा रहेको छ । आन्तरिक उडान गर्ने एउटा ‘ट्विनअटर’ जहाज लामो समयदेखि बिग्रिएर बसेको छ ।

निगमले अहिलेको जहाज ग्राउण्डेडको समस्या अल्पसमयको लागि भएको भन्दै निगमले छिटै जहाजको व्यवस्थापन गरी नियमित उडान गर्ने उनले बताएका छन् । प्रवक्ता पौडेलले अन्य अन्तर्राष्ट्रिय उडानहरुमा पनि जहाज ग्राउण्डेड हुने समस्या भएपनि धेरै जहाज हुँदा उडान प्रभावित नहुने गरेको बताए ।

उनले धेरै जहाज भएका कम्पनीमा एक दुई वटा जहाजमा समस्या आउँदा कुनै समस्या पर्दैन तर वायुसेवा निगमसँग जहाजको कमीको कारण समस्या आएको बताए । उनले निगममा आएको समस्याको मुल जरो निगमसँग जहाज कमी भएको बताए ।

निगमले अन्तिम समयमा उडान रद्ध हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुहरुको व्यवस्थापन र टिकटमा मंगलवारको उडानबाट एक करोड रुपैयाँ गुमाउन पुगेको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top