साविक विजेता रियलको दोस्रो बराबरी, एम्बाप्पे फेरि ‘स्कोरलेस’

१३ भदौ ८१, शुक्रबार

१४ भदौ, विराटनगर ।

नयाँ सिजनको स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पुनः बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा रियलले लस पल्माससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

पल्मासको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि अल्बर्ट मोलेरियोले गोल गरे भने रियलका भिनिसियस जुनियरले गोल फर्काए । घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो ।

Advertisement

खेलको पाँचौं मिनेटमा अल्बर्ट मोलेरियोले गोल गर्दै पल्मासलाई अग्रता दिलाएका थिए । खेलको ६९औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई बराबरीमा फर्काए । भिनिसियसले पेनाल्टीमा गोल गरेका थिए ।

उक्त खेलको निर्धारित समय मैदानमा बिताएका विश्वकप विजेता किलियन एम्बाप्पे भने फेरि ‘स्कोरलेस’ बने । उनले ला लिगामा अझै गोल गर्न सकेका छैनन् ।

यससँगै तीन खेल खेलेको रियलले पाँच अंक जोडेको छ । ऊ अंकतालिकाको पाँचौं स्थानमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top