द्वन्द्वकालमा सेल्टरको रूपमा प्रयोग भएको घरमा विष्फोट, घाइते दाजुबहिनीको मृत्यु

१३ भदौ ८१, शुक्रबार

१४ भदौ, विराटनगर ।

पाँचथरको फालेलुङ गाउँपालिकामा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ ।

फालेलुङ-५ मा भएको सो विस्फवटमा प्राङवुङ डाडागाउँ टोलका ११ वर्षीय दिप्सन साँवा र उनकी दुई वर्षीया बहिनी प्रिन्सा साँवाको मृत्यु भएको हो ।

Advertisement

हिजो दिउँसो ३ बजेतिर भएको विस्फोटमा घाइते भएका उनीहरूलाई उपचारार्थ पाँचथर अस्पताल पुर्‍‍याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि दिप्सन र प्रिन्सालाई तत्काल झापाका लागि रेफर गरिएकोमा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै मृत्यु भएको थियो ।

दिप्सनको भने राति १ बजे झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा परी स्थानीय ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन राई घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

दिउँसो तीन बजे स्थानीय आइतराज केरुङको घरमा विस्फोट भएको थियो । होम मेड ग्रिनेट पड्केर घाइते भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बम कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बम विस्फोट भएको घरका धनी आइतराज पूर्वमाओवादी हुन् । उक्त घर द्वन्द्वकालमा सेल्टरको रूपमा प्रयोग भएको स्थानीयले जनाएका छन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top