NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

२१ वर्षीया मुना र प्रौढ उमेरका अभियुक्तको के थियो सम्बन्ध ?

शुक्रबार भदौ १४ , २०८१
Reading Time: 1 min read
A A
अमेरिकामा गोली हानेर भोजपुर घर भएकी मुनाको हत्या, अपार्टमेन्टभित्रै पसेर गोली प्रहार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ भदौ ,एजेन्सी ।

नेपाली छात्रामाथि गोली हानी हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले प्रौढ उमेरका एक पुरुषलाई समातेर अदालत पु¥याएको छ । नेपाली युवती मुना पाण्डेको छातीमा गोली प्रहार गरी हत्या गरेको अभियोगमा अमेरिकी प्रहरीले टेक्सास राज्यबाट ५१ वर्षीय बविसिंह शाहलाई पक्राउ गरेको थियो ।

२१ वर्षीया मुनाको हत्याका अभियोगमा प्रहरीले शाहलाई गत बुधबार राति ८ बजेतिर पक्राउ गरेको थियो । उनलाई हत्याको अभियोग लगाएर प्रहरीले बिहीबार दिउँसो अदालतमा पेस गरेको थियो । सिसिटिभी फुटेजसहित बलियो प्रमाण जुटाएर अदालत पु¥याइएका कारण शाह थुनामै छन् ।

LS Auto

अब,उनको सुनुवाई मंगलबार बिहान हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनलाई जघन्य हत्याको आरोप लगाइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । जघन्य हत्या अभियोगमा अमेरिकामा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।

भोजपुर घर भएकी पाण्डेको अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली हानी हत्या भएको थियो । उनको गत शनिबार हत्या भएको बताइएको छ । तर, सोमबार स्थानीय समयअनुसार साँझ ५ः४५ बजेतिर उनको शव ओछ्यानमा भेटिएको थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार दुईवटा गोलीले उनको छाती प्वाल परेको थियो भने टाउकोको पछिल्लो भागमा एक गोली लागेको थियो । पाण्डेलाई उनकै अपार्टमेन्टको कोठाभित्रै पसेर गोली हानेको पुष्टि भएको थियो ।

अपार्टमेण्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । हयुस्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो।

तर, त्यसबेला प्रहरीले मुनाको फोन भने भेटेको थिएन । मुनाकी साथीका अनुसार उनको फोनमा हत्या हुनुभन्दा दुई दिन अघिदेखि सम्पर्क हुन सकेको थिएन । जन्मदिनको पार्टीका लागि मुनालाई शनिबार नै फोन गर्दा फोन नलागेको उनकी साथीले प्रहरीलाई बयान दिएकी छन् ।

मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले पनि उनी काममा नआएका कारण सोही दिन फोन सम्पर्क गरेका थिए । यसबाट पनि मुनाको शनिबार नै हत्या भएको हुन सक्ने आँकलन गरिएको छ । अनुसन्धानका क्रममा फेला परेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले प्रौढ उमेरका शाहलाई पक्राउ गरेको हो।

पाण्डेको हत्याका अभियोगमा शाहलाई ह्युस्टन प्रहरीले बुधबार ट्राफिक जामको समयमा पक्राउ गरेको थियो । उनको नाम र तस्बिरसमेत सार्वजनिक भएको छ । ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एयरपोर्ट नजिक रहेको मुनाको अपार्टमेन्टबाट एक प्रौढ उमेरका पुरुष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो ।

यसअघि मुनाकै प्रेमीले उनको हत्या गरेको आँकलन गरिएको थियो ।तर, प्रौढ उमेरका सिंहले के कारणले गर्दा मुनाको हत्या गरे र उनीहरूबीचको सम्बन्ध के थियो भन्ने विषय अझै खुलिसकेको छैन् । मुना केही समय अमेरिकी युवकसँग डेटिङमा रहेको आशंका गरिएको छ ।

कोठाभित्र भेटिएका पुरुषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुषसमेत बस्ने शंका गरिएको थियो । तर, प्रौढ उमेरका शाह पक्राउ परेपछि भने मुनाका प्रेमी शंकाको घेराबाट अलग भएका छन् । तथापि, यसबारे अमेरिकी प्रहरीले अनुसन्धान गरिरहेकै कारण पनि अहिले भनिसक्ने अवस्था छैन् ।

मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । त्यसबाहेक उनले स्थानीय मोबाइल स्टोरमा समेत काम गर्दै आएकी थिइन् ।

मुनाकी आमा अनिता आफ्ना श्रीमानसँग छुट्एिर एक्लै बस्न थालेकी थिइन् । अनिता भोजपुरबाट इटहरी हुँदै पछिल्लो समय काठमाडौं काँडाघारीमा बस्दै आएकी छिन् । मुना पनि आमासँगै बस्दै आएकी थिइन् ।

तीन वर्षअघि अमेरिका गएकी उनस् पढाइ सकेर एक वर्षमात्रै घर आउने योजनामा थिइन्, तर मुना अब कहिल्यै घर नआउने गरी बिदा भइन् ।

Tags: #मुना पाण्डे#मृत्युदण्डसम्मको सजाय#अभियुक्त

लोकप्रीय

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

थप समाचार

Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२
Beşiktaş Escort

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.