ला लिगा : भालाडोलिडको पोस्टमा बार्सिलोनाको सात गोल

१५ भदौ ८१, आइतबार

१६ भदौ, विराटनगर ।

नयाँ सिजनको स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि ७-० गोलान्तरको फराकिलो जित निकालेको हो ।

यसअघि उसले रायो भालेकानो, एट्लेटिक बिल्बाओ र भ्यालेन्सियालाई हराएको थियो । लगातारको चौथो जितसँगै बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ ।

Advertisement

पराजित भाडाडोलिडको समान खेलबाट चार अंक रहेको छ । भाडाडोलिड अंक तालिकाको १२औं स्थानमा छ ।

गए राति बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गोल गर्दा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो, फेरान टोरेस र जुल्स कोन्डेले एक-एक गोल गरे ।

राफिन्हाले २०औं मिनेटमै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा कोन्डेले गोल गर्दै अग्रता ३-० मा पुर्‍याए । ६४औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे ।

७२औं मिनेटमा राफिन्हाले ह्याट्रिक पूरा गरे । निर्धारित खेल सकिन आठ मिनेट बाँकी रहँदा ओल्मोले अर्को गोल थपे । त्यसको तीन मिनेटपछि नै राफिन्हाको पासमा टोरेसले नै गोल गर्दै बार्सिलोनालाई ७-० को फराकिलो जित दिलाए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top