×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

सिटीको जितमा हालान्डको ह्याट्रिक, तीन खेलमै पुर्‍याए सात गोल

१६ भाद्र २०८१

१६ भदौ, विराटनगर ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत नर्वेका स्टार फुटबलर इयर्लिङ हालान्डले ह्याट्रिक गरेको खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वेस्टह्याम युनाइटेडलाई उसैको मैदानमा ३-१ गोलले हराएको हो ।

Advertisement
Advertisement

लन्डन स्टेडियममा सिटीलाई जिताउन हालान्डले तीन गोल गर्दा वेस्टह्यामका लागि सिटीकै रुबेन डियाजले गरेको आत्मघाती गोल सान्त्वना बन्यो ।

खेलको १०औं मिनेटमै हालान्डले सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, बल क्लियर गर्नेक्रममा सिटीका डियासले १९औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि वेस्टह्याम बराबरीमा फर्कियो ।

खेलको ३०औं मिनेटमा हाल्यान्डले दोस्रो गोल गर्दै सिटीको अग्रता बढाए । ८३औं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । जारी लिगमा हाल्यान्डको यो दोस्रो ह्याट्रिक हो । उनले तीन खेलमा सात गोल गरिसकेका छन् ।

Advertisement
Advertisement

यो जितसँगै सिटीले उपाधि रक्षा यात्रा थप मजबुत बनाएको छ । लगातार तीन जित निकालेको सिटी ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अंक बटुलेको वेस्टह्याम १४औं स्थानमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top