भारतीय मुलका नागरिक बबिसिंह शाह, जो ‘सुगर ड्याडी’ को माध्यमबाट परेका थिए पक्राउ

१६ भदौ, विराटनगर । 

अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन सहरमा गोली लागेर ज्यान गुमाएकी मुना पाण्डे र हत्या आरोपमा पक्राउ परेका बबिसिंह शाहबीच ‘सुगर ड्याडी’ नामक वेबसाइटमार्फत चिनजान भएको आशंका गरिएको छ । २१ वर्षीया मुनाको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूले डेटिङ वेबसाइटमध्येको प्रख्यात ‘सुगर ड्याडी’ मार्फत् चिनापरिचय भएको हुन सक्ने औंल्याएका हुन् ।

मुख्य घर भोजपुर भई काठमाडौं बस्दै आएकी मुना अध्ययन सिलसिलामा अमेरिका पुगेको तीन वर्षपछि हत्याको सिकार भएकी थिइन् । अगस्ट २६ तारिखमा मुना आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा एक्लै बस्ने गरेकी मुनाले आफूलाई कसैले नियमित पछ्याइरहेको आशंकामा सिसिटिभी पनि जडान गरेको ह्युस्टन टु क्लिकले लेखेको छ । सोही सिसिटिभी फुटेजका आधारमा भारतीय मुलका प्रौड उमेरका नागरिक शाहलाई त्रफाउ गरेर अनुसन्धान गरिरहेको छ ।

Advertisement

५१ वर्षीय शाहले प्रहार गरेको तीन राउन्ड गोली लागेर मुनाको मृत्यु भएको ह्युस्टन प्रहरी अधिकारीहरूको दाबी छ । हत्या भएको रातको भिडियो फुटेजमा पेस्तोल बोकेर पुगेका बबीसिंहले मुनालाई आफ्नो अपार्टमेन्टको ढोका खोल्न बारम्बार भनेका थिए । पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै सोधेकी थिइन् । त्यसपछि बबीसिंहले मुनालाई स्थानीय समयअनुसार ८ बजेर ४१ मिनेटमा कोठाभित्र धेकेलेर ढोका बन्द गरेको देखिएको छ ।

त्यसपछि मुनाको छाती र गर्धनमा गोली प्रहार गरेका शाह उनको पर्स लिएर त्यहाँबाट हिँडेको प्रहरीको आशंका छ । यसले पनि प्रहरीले लुटपाटका लागि मुनाको हत्या भएको हो कि भन्ने अड्कल काटेको थियो । अपार्टमेन्टका कर्मचारीले जानकारी गराएपछि मुनाको कोठा पुगेको प्रहरीले उनलाई मृतावस्थामा फेला पारेको थियो । रगत कटकएिको अवस्थामा शव फेला पारेपछि केही दिनअघि नै मुनाको हत्या भएको प्रहरीले अनुमान गरेको थियो ।

Advertisement

अनुसन्धानमा जुटेको प्रहरीले मुना र बबिसिंहले सुगरड्याडीमार्फत् चिनाजानी भएको हो कि भन्ने अनुमानमा पुगेको ह्युस्टन टु क्लिक मिडियाले जनाएको छ । बबिसिंह पक्राउ परेपछि उनलाई बारम्बार फोन गर्ने दुईवटा फोनमा प्रहरीले फोन गरेको थियो । एउटा फोन त्यही रेस्टुरेन्टको थियो, जहाँ बबिसिंह प्रायः जानेगरेका थिए । उक्त कलरले बबिसिंहको लाइसेन्स र फोन नम्बर उपलब्ध गराएका थिए, जसबाट उनी ५१ वर्षीय भारतीय मुलका नागरिक भन्ने पत्ता लगाएर प्रहरीले पक्राउ गरेको थियो ।

दोस्रो फोनमा भने बबिसिंहसँग सुगर ड्याडीमार्फत् चिनाजानी गरेका एक महिलाको थियो । ती महिलाले बबिसिंह बबी शाह नाममा उक्त वेबसाइटमा सक्रिय रहेको जनाउँदै उनले महिलाका लागि केही सामानहरू खरिद गर्नेगरेको सुनाएकी थिइन् । तर, त्यी सामग्रीहरू मुनाकै लागि थिए त ? वा मुना पनि उक्त वेबसाइटको प्रयोगकर्ता थिइन् त ? यी विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

हत्या भएको राति पनि मुनाले जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट र कालो पर्ससहितका सामान बोकेको देखिन्छ । उक्त सामानमध्ये मुनाले बोकेको पर्स बबिसिंहले लिएर हिँडेका सिसिटिभी फुटेजमा देखिएको छ । मुनालाई ‘सपिङ’ गराइदिएपछि भएको विवादले गर्दा बबिसिंहले उनको हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले उक्त कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रहरीले सिसिटिभी क्यामेराका तस्बिरहरू सार्वजनिक गरेको केही घण्टामै बबिसिंहलाई पक्राउ गरेको थियो । ह्युस्टन प्रहरीले बुधबार साँझ बबिसिंहलाई पक्राउ गरी अदालतमा बुझाएर अनुसन्धानलाई तीव्र पारेको छ । तथापि, बबिसिंहले घटनाबारे थप केही नबताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब, मुना हत्या प्रकरणको सुनुवाइ मंगलबार बिहान स्थानीय समयअनुसार ९ बजे हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top