×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

युरोपियन लिग खेल्ने अर्का फुटबलर पनि साउदीको क्लबमा

१६ भाद्र २०८१

१६ भदौ, विराटनगर ।

युरोपका उत्कृष्ट क्लबहरूमा अनुभव संगालेका फुटबलरहरू साउदी अरेबियन क्लबतिर आकर्षित देखिन्छन् । पछिल्लो पटक भने इटालियन क्लब रोमाका क्रिस स्मलिङले पनि साउदीबाट खेल्न युरोपियन फुटबल त्यागेका छन् ।

Advertisement
Advertisement

इंग्ल्यान्डका ३४ वर्षीय स्मलिङसँग सिरी ‘ए’ र प्रिमियर लिग खेलेको अनुभव छ । उनले सर्वाधिक धेरै इंग्यान्डको लिग जित्ने म्यानचेस्टर युनाइटेडका लागि पनि खेलेका छन् ।

अब, उनले अल-फाह्या एफसीबाट साउदी प्रो-लिग खेल्ने छन् । स्मलिङले अल-फाह्यासँग सन् २०२६ सम्मको सम्झौता गरेका छन् । अब, सोमबार रोममा मेडिकल हुने फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् ।

यसअघि मात्र साउदीको अल-हिलालले म्यानचेस्टर सिटीका जाओ क्यान्सेलोलाई अनुबन्ध गरेको थियो । क्यान्सेलो अनुबन्ध भएको क्लबका अर्का स्टार खेलाडी नेयमार हुन् । बार्सिलोना र पिएसजीबाट चर्चामा आएका ब्राजिलियन खेलाडी नेयमार अघिल्लो वर्षमात्र पेरिसबाट साउदी आएका हुन् ।

त्यसबाहेक चेल्सीका पूर्वस्टार कालिडौ काउलीबाली, इटालियन क्लब लाजियोबाट साउदी पुगेका मिलिनकोभिक सेभिक, पोर्चुगलका रुबेन नेभ्स, सर्बियाका मित्रोभिक पनि अल हिलानसँग छन् ।

साउदी प्रो लिगआबद्ध अल नासरले फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट भित्र्याएर सनसनी नै मच्चाएको थियो । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो सन् २०२२ मा अल नासरमा अनुबन्ध भएका थिए । रोनाल्डोको आगमनपछि अल नासरले लिभरपुलबाट साडियो मानेलाई अनुबन्ध गरेको थियो ।

इन्टर मिलानबाट साउदी आएका क्रोएसियाका मार्सेलो ब्रोजिभिक पनि अल नासरमै छन् । यस्तै, रियल मड्रिडका पूर्वस्टार फ्रान्सेली करिम बेन्जेमा र फ्रान्सकै विश्वकप विजेता एनगोलो काँटेलाई अल इत्तिहादले अनुबन्ध गर्‍यो । अल इतिहादमा ब्राजिलियन फुटबलर फाबिन्हो पनि छन्, जसले लिभरपुलबाट प्रिमियर लिग खेलेका थिए ।

प्रो लिग क्लब अल अहिली भने युरोपियन लिगमा अनुभव संगालेका थुप्रै खेलाडी आबद्ध छन् । चेल्सीबाट च्याम्पियन्स लिग जितेका इडुआर्ड मेन्डी, लिभरपुलका पूर्वखेलाडी रोबर्ट फर्मिन्हो, बार्सिलोनाका फ्रान्क केस्सी, म्यानचेस्टर सिटीका अटलान्टाका मेरिह डेमिरल, न्यूकासलका एलन सेन्ट–म्याक्सिमिन, सेल्टा भिगोका गाब्री भिएगा र एएस रोमाका रोजर इबानेज अहिलीमा आबद्ध छन् ।

अल क्वादसियाले रियल मड्रिडका पूर्वखेलाडी नाचो फर्नान्डेजलाई अनुबन्ध गरेको छ भने चेल्सी, बार्सिलोना, आर्सनल, बोरुसिया डर्टमुन्डबाट खेलिसकेका पियरे इमरिक औबामेयाङले यसै क्लबबाट खेल्छन् ।

Advertisement
Advertisement

अल इतिफाकसँग फ्रान्सका मौसा डेम्बेले छन्, जसले एट्लेटिको मड्रिड र लियोनबाट युरोपियन लिग खेलेका छन् । साउदीको शीर्ष डिभिजन लिग प्रो लिगमा १८ टोलीले प्रतिस्पर्धा गर्छन्, तीमध्ये अधिकाशंसँग युरोपियन लिग खेलेका खेलाडीहरू खेल्छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top