मुना र बबी जोडिएको ‘सुगर ड्याडी’ के हो ?

१६ भदौ , एजेन्सी ।

अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन सहरमा गोली लागेर ज्यान गुमाएकी मुना पाण्डे र हत्या आरोपमा पक्राउ परेका बबीसिंह शाहबीच ‘सुगर ड्याडी’ नामक वेबसाइटमार्फत चिनजान आशंका गरिएको छ । २१ वर्षीया मुनाको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरूले डेटिङ वेबसाइटमध्येको प्रख्यात ‘सुगर ड्याडी’ मार्फत् चिनापरिचय भएको हुन सक्ने औंल्याएका हुन् ।

मुख्य घर भोजपुर भई काठमाडौं बस्दै आएकी मुना अध्ययन सिलसिलामा अमेरिका पुगेको तीन वर्षपछि हत्याको सिकार भएकी थिइन् । अगस्ट २६ तारिखमा मुना आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा एक्लै बस्ने गरेकी मुनाले आफूलाई कसैले नियमित पछ्याइरहेको आशंकामा सिसिटिभी पनि जडान गरेको ह्युस्टन टु क्लिकले लेखेको छ ।

Advertisement

सोही सिसिटिभी फुटेजका आधारमा भारतीय मुलका प्रौड उमेरका नागरिक शाहलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ५१ वर्षीय शाहले प्रहार गरेको तीन राउन्ड गोली लागेर मुनाको मृत्यु भएको ह्युस्टन प्रहरी अधिकारीहरूको दाबी छ । हत्या भएको रातको भिडियो फुटेजमा पेस्तोल बोकेर पुगेका बबीसिंहले मुनालाई आफ्नो अपार्टमेन्टको ढोका खोल्न बारम्बार भनेका थिए। पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै सोधेकी थिइन्।

त्यसपछि बबीसिंहले मुनालाई स्थानीय समयअनुसार ८ बजेर ४१ मिनेटमा कोठाभित्र धेकेलेर ढोका बन्द गरेको देखिएको छ। त्यसपछि मुनाको छाती र गर्धनमा गोली प्रहार गरेका शाह उनको पर्स लिएर त्यहाँबाट हिँडेको प्रहरीको आशंका छ । यसले पनि प्रहरीले लुटपाटका लागि मुनाको हत्या भएको हो कि भन्ने अड्कल काटेको थियो । अपार्टमेन्टका कर्मचारीले जानकारी गराएपछि मुनाको कोठा पुगेको प्रहरीले उनलाई मृतावस्थामा फेला पारेको थियो ।

रगत कटकएिको अवस्थामा शव फेला पारेपछि केही दिनअघि नै मुनाको हत्या भएको प्रहरीले अनुमान गरेको थियो । अनुसन्धानमा जुटेको प्रहरीले मुना र बबी सिंहले सुगरड्याडीमार्फत् चिनाजानी भएको हो कि भन्ने अनुमानमा पुगेको ह्युस्टन टु क्लिब मिडियाले जनाएको छ । बबिसिंह पक्राउ परेपछि उनलाई बारम्बार फोन गर्ने दुईवटा फोनमा प्रहरीले फोन गरेको थियो ।

एउटा फोन त्यही रेस्टुरेन्टको थियो, जहाँ बबिसिंह प्रायः जानेगरेका थिए । उक्त कलरले बबी सिंहको लाइसेन्स र फोन नम्बर उपलब्ध गराएका थिए, जसबाट उनी ५१ वर्षीय भारतीय मुलका नागरिक भन्ने पत्ता लगाएर प्रहरीले पक्राउ गरेको थियो । दोस्रो फोनमा भने बबिसिंहसँग सुगर ड्याडीमार्फत् चिनाजानी गरेका एक महिलाको थियो ।

ती महिलाले बबिसिंह बबी शाह नाममा उक्त वेबसाइटमा सक्रिय रहेको जनाउँदै उनले महिलाका लागि केही सामानहरू खरिद गर्ने गरेको सुनाएकी थिइन् ।तर, त्यी सामग्रीहरू मुनाकै लागि थिए त ?वा मुना पनि उक्त वेबसाइटको प्रयोगकर्ता थिइन् त ?यी विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । हत्या भएको राति पनि मुनाले जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट र कालो पर्ससहितका सामान बोकेको देखिन्छ।

उक्त सामानमध्ये मुनाले बोकेको पर्स बबिसिंहले लिएर हिँडेको सिसिटिभी फुटेजमा देखिएको छ ।मुनालाई ‘सपिङ’ गराइदिएपछि भएको विवादले गर्दा बबिसिंहले उनको हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले उक्त कोणबाट अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले सिसिटिभी क्यामेराका तस्बिरहरू सार्वजनिक गरेको केही घण्टामै बबिसिंहलाई पक्राउ गरेको थियो ।

ह्युस्टन प्रहरीले बुधबार साँझ बबिसिंहलाई पक्राउ गरी अदालतमा बुझाएर अनुसन्धानलाई तीव्र पारेको छ ।तथापि, बबिसिंहले घटनाबारे थप केही नबताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब, मुना हत्या प्रकरणको सुनुवाइ मंगलबार बिहान स्थानीय समयअनुसार ९ बजे हुने बताइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top