बालेनलाई एमालेले बुझाएको सातबुँदे ज्ञापनपत्रमा के छ ?

१५ भदौ ८१, आइतबार

१६ भदौ, विराटनगर ।

Advertisement

काठमाडौंको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले सातबुँदे ज्ञापनपत्र बुझाएको छ ।

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनी गरेको निर्णयको विरोधमा बालेनलाई ज्ञापनपत्र बुझाएका हो ।

Advertisement

सर्वोच्च अदालतको फैसलालाई आधार मानेर महानगरले साउन २४ गते महानगरपालिका प्रमुखस्तरीय निर्णयानुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दाँया-बाँया छोड्नु पर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले महानगरपालिका प्रमुखबाट जारी सुचना तत्काल खारेज गर्न माग राखेका छन् । सर्वोच्चको फैसलाउपर तत्काल न्यायिक पुनरावलोकन लागि आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्न पनि एमालेको माग छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top