×

NEPAL TIMES UPDATES

Playing
BALEN असफल भए भने के हुन्छ ? || Nepal Times
Mar 17, 2026
Playing
Top 15 Afternoon News || Mar-17-2026 || Nepal Times
Mar 17, 2026
Playing
बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद || Nepal Times
Mar 17, 2026
Playing
भारतको RSS र RAW माथि प्रतिबन्ध लगाउन Americaमा माग || Nepal Times
Mar 17, 2026
Playing
आज पनि हावाहुरी, ३ प्रदेशमा चट्याङसहित वर्षा, काठमाडौंमा चिसो|| Nepal Times
Mar 17, 2026
Playing
रविविरुद्धको मु द्दा फिर्ता लिन मिल्छ कि मिल्दैन ? फैसलाको प्रतिक्षा || Nepal Times
Mar 17, 2026
Playing
बजारमा अभाव देखाएर ग्यास गोदाममै लुकाइयो,शंका लागे ११३७ मा फोन गर्नु#gas #nepal #crisis
Mar 17, 2026
Playing
इराकमा २ नेपाली घा इते,१२०लाई होटलमा सारियो, बगदादमा US दूतावासमा फेरि ड्रोन हानि यो || Nepal Times
Mar 17, 2026
Playing
मित्र र श त्रु छुट्याउँदै इरान,सोध्यो तपाईहरु कसको पक्षमा ?होर्मुज खोल्न सर्त|| Nepal Times
Mar 17, 2026
Playing
मध्यरातमा पा कि स्तानले ब म बर्सायो, अस्पतालसमेत उ डाइदियो|| Nepal Times
Mar 17, 2026

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको चासोपछि प्रहरीले थाल्यो अनुसन्धान, रविसँग लिइयो बयान

१८ भाद्र २०८१

१८ भदौ, विराटनगर ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा पूरक जाहेरी परेको सात महिनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि आरोपित समेत रहेका गृहमन्त्री रवि लामिछाने पदमा आसीन रहेका कारण सहकारी ठगी प्रकरणमा अनुसन्धान हुन पाएको थिएन ।

असार २८ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि लामिछाने गृहमन्त्रीबाट हटेका थिए । तर लामिछाने गृहमन्त्रीबाट हटेको एक साता नबित्दै जिल्ला प्रहरी कार्यालय कास्कीले फाइल खोलेको थियो ।

Advertisement

गृहमन्त्री हुनासाथ रमेश लेखकले प्रहरी महानिरीक्षकलाई बोलाएर यस जाहेरीबारे चासो दिँदै अनुसन्धान गर्न भनेका थिए । सोहीअनुरूप गत साउन २ गतेदेखि नै जिल्ला प्रहरी कार्यालय कास्कीले पूरक जाहेरीमा अनुसन्धान अगाडि बढाएको खुलेको छ ।

प्रहरीले केही दिनअघि मात्रै पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनासँग बयान कागज गराइसकेको छ । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले लामिछानेसँग बयान लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्मासहितको टोलीले काठमाडौं आएर पूर्वगृहमन्त्री तथा सांसद लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको हो ।

लामिछानेको समेत नाम उल्लेख गरेर पूरक जाहेरी परेपछि त्यसबारे प्रहरीले सोधपुछ गरेको हो । सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि गत माघ १६ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए ।

तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।

सूर्यदर्शन सहकारीको वचत अपचलनमा सुरुमा जाहेरी परेका १९ जनामध्ये पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।

यो ठगी प्रकरणमा पछिल्लो पटक काठमाडौं दक्षिणकालीबाट ४८ वर्षीय अनुज नकर्मी पक्राउ परेका थिए ।

यो प्रकरणमा सहकारीका पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र, हालका अध्यक्ष तथा व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, मनोज नकर्मी, सुरज श्रेष्ठ, कविता तामाङ, आइस्मा गुरुङ, ललिता तामाङ, सागर केसी, दिनेश रोका, लेखा अधिकृत सृष्टि मानन्धर र कर्जा अधिकृत बुद्धि गुरुङ गरी १३ जना फरार छन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top