अझै मरेन ओलीप्रति बालेन समर्थकको रिस, फलोअर्स घटाउने अभियान कायमै !

१८ भदौ ८१, बुधबार

१९ भदौ, विराटनगर ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान अझै कायमै राखेका छन् ।

मंगलबार बालेनले सामाजिक सञ्जालमार्फत् पोस्ट डिलेट गरेको जानकारी दिएपछि क्रुर बनेका उनका समर्थकहरूले अनफलो अभियान चलाउँदा ओलीको फेसबुकमा फलोअरहरू ह्वात्तै घटेका छन् ।

Advertisement

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीका फेसबुकमा झन्डै ६ लाख ६६ हजार फलोअर्स थिए । बुधबार बिहान ९ः५२ बजेसम्ममा उनको फलोअर घटेर ५ लाख ९९ हजारमा झरेको छ ।

विशेषतः काठमाडौं महानगरपालिकाका मेयर शाहको फेसबुक स्टाटसलाई लिएर ओलीका फलोअर्स घटेका हुन् ।

Advertisement

बालेनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीलाई फेसबुकमार्फत दबाब दिएका थिए ।

सो पोष्ट एमालेका कार्यकर्ताले रिपोर्ट हानेपछि डिलिट भएको बताइएको छ । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटस हटाइएको दाबीसहितको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो स्टाटस हटाइएको संकेत गरेका छन् ।

आफ्नो फेसबुक पोस्ट् डिलिट भएपछि बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ ।’

सांसद शर्मामाथि एक नाबालिकालाई विगत आठ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ । शर्मा लुम्बिनी प्रदेश सांसद हुन् । उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो ।

फेसबुक पोस्ट डिलिट भएपछि बालेन समर्थकहरूले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाएर विरोध गरेका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top