१९ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनसहित सबै खेलाडी स्वदेश फर्किएका छन् ।
कास्यपदक जितेकी २१ वर्षीय पलेशासहित तीनै खेलाडी बुधबार बिहान काठमाडौं आइपुगेका भएका हुन् । बिहान ८ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
लगत्तै उनीहरूलाई नगर परिक्रमा गराएर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् पुर्याइने कार्यक्रम रहेको छ ।
विमानस्थलको भिआइपी कक्षबाट पलेसासहितको नेपाली टीमलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्रांगणमा पुर्याइएको थियो ।पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । उनीसँगै गएका दुई खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । पौडीका भीमबहादुर कुमाल र तेक्वान्दोका भरतसिंह महरा पहिलो चरणबाटै बाहरिएका थिए ।