१९ भदौ, विराटनगर ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई हिंसा भन्नु संविधानविपरीत भएको बताएका छन् । बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
दाहलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधानविपरीत भएको आरोप लगाएका । प्रधानमन्त्रीले वृहत् शान्ति सम्झौताको विपरीत बोल्नुभएको उनको दुःखेसो छ ।
नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र संघर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनीयत रहेको प्रचण्डको भनाइ ।