NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

विश्वकपको दक्षिण अमेरिकी छनोट : साविक विजेता अर्जेन्टिनालगायत १० टोलीको प्रतिस्पर्धा

बिहिबार भदौ २० , २०८१
Reading Time: 1 min read
A A
विश्वकपको दक्षिण अमेरिकी छनोट : साविक विजेता अर्जेन्टिनालगायत १० टोलीको प्रतिस्पर्धा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० भदौ, विराटनगर ।

घरेलु खेलहरूका कारण अवरोध भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको रोमाञ्चकता आजबाट सुरु हुँदै छ । गत जुलाईमा कोपा अमेरिका सम्पन्न भएपछि पहिलोपटक दक्षिण अमेरिकी राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय फुटबल हुन आँटेको हो । आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत आजबाट दक्षिण अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आज रातिबाटै दक्षिण अमेरिकी छनोट खेलहरू हुने छन्, जहाँ दक्षिण अमेरिकाका १० वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् । साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिल र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेल्दै छन् । आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

LS Auto

७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । अब यो साता दक्षिण अमेरिकी छनोटतर्फ सातौं र आठौं चरणका खेलहरू हुने छन् ।

अर्जेन्टिना भर्सेस् चिली

दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनादले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वीलाई घरेलु मैदान स्टेडियो मास मोनुमेन्टलमा आतिथ्यता प्रदान गर्ने छ । शुक्रबार बिहान ६ः४५ बजे हुने उक्त खेलमा भिड्न आँटेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ भने चिली आठौं स्थानमा संघर्ष गरिरहेको छ ।

सन् २०१५ र २०१६ मा लगातार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई हराउँदै चिलीले उपाधि जितेको थियो । तर, अहिलेको आफ्नो महादेशमा मात्र नभएर विश्व च्याम्पियन बनेको अर्जेन्टिनालाई चिलीले हराउन कुनै चमत्कार नै हुनुपर्छ । तथापि, कप्तान लियोनल मेसी अर्जेन्टिनी टोलीमा नभएका कारण त्यसको फाइदा उठाउने दाउमा चिली छ ।

बोलिभिया भर्सेस भेनेजुएला

सन् १९९४ यता बोलिभियाले विश्वकप खेल्न पाएको छैन । उक्त संस्करण पनि अमेरिकामै भएको थियो । अब यसपालि पनि दक्षिण अमेरिकाबाट विश्वकपमा सहभागिता जनाउने शीर्ष ६ टोलीभित्र पर्ने बोलिभियाको दाउ छ । बोलिभिया अंक तालिकामा पुछारबाट दोस्रोमा छ । ६ खेल खेलेको बोलिभियाले १४ गोल खाएर तीन अंक बटुलेको छ ।

अब, आज राति १ः४५ बजे बोलिभियाको मैदानमा आतिथ्यता ग्रहण गर्न लागेको भनेजुएला भने वर्ल्ड कपमा नपुग्ने एकमात्र दक्षिण अमेरिकी टोली हो । तथापि, यसपालि भने ऊ चौथो स्थानमा रहेर विश्वकपमा सहभागिता पक्का गर्न कम्मर कसेर लागिपरेको छ ।

उरुग्वे भर्सेस पराग्वे

पहिलो संस्करणको विश्वकप विजेता उरुग्वे यसपालि पनि विश्वकपमा छनोट हुने संघारमा छ । हालै सम्पन्न कोपा अमेरिकामा सेमिफाइनलमा कोलम्बियासँग हारेर अगाडि बढ्न नसकेको उरुग्वले घरेलु मैदानमा सेन्टेनारियोमा पराग्वेलाई डाक्दै छ । यसपालि घरेलु टोली उरुग्वे कोलम्बियासँगको खेलमा अराजकता प्रदर्शन गर्ने खेलाडीमाथि लागेको प्रतिबन्धले हैरान छ ।
मार्सेलो बिएल्सा नेतृत्वको टोलीका डार्विन नुनेज, रोनाल्ड अराउजोलाई प्रतिबन्ध लाग्दा अनुभवी स्ट्राइकर लुइस स्वारेजले अन्तिम खेलका रूपमा खेल्ने छन् ।

ब्राजिल भर्सेस इक्वाडर

ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक रह्यो । नौ पटकको कोपा विजेता ब्राजिल यसपालि क्वार्टरफाइनलबाटै बाहिरियो । यता, विश्वकपमा पनि ऊ छैटौं स्थानमा सीमित छ । पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले ७ सेप्टेम्बरमा इक्वाडरलाई आफ्नो मैदानमा निम्त्याउँदै छ ।

कोपा अमेरिकामा इक्वाडर पनि अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । विश्वकप छनोटमा भने इक्वाडर ब्राजिलभन्दा अगाडि देखिएको छ । यसपालिको विश्वकपमा छनोट हुने लक्ष्यका साथ अगाडि बढेको इक्वाडरले ब्राजिललाई उसैको घरमा हार चखाउने लक्ष्य लिएको छ ।

पेरु भर्सेस कोलम्बिया

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत यो महिनाको अन्तिम खेलका रूपमा पेरु र कोलम्बियाले खेल्दै छन् । कोलम्बियाको लिमामा ७ सेप्टेम्बरमा हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउने लक्ष्यमा हुनेछन् । तथापि, पेरुका लागि कोलम्बियालाई हराउन फलामको चिउरा चपाएसरह हुने देखिएको छ । किनकि, जेम्स रोड्रिग्वेज सम्मेलित कोलम्बियाले हालै सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनालाई हम्मेहम्मे पारेको थियो ।

सन् २०२६ को विश्वकप छनोटका ६ खेल खेल्दा एउटा पनि खेल नहार्ने टोली हो । अरू टोलीले हार खेपे पनि उसले ६ खेलमा १२ अंक जोडेर तालिकाको तेस्रो स्थान हासिल गरेको छ । पेरुले भने विश्वकप छनोटमा हालसम्म एउटा पनि खेल जित्न सकेको छैन ।

Tags: #अर्जेन्टिना#विश्वकप छनोट

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.