विश्वकपको दक्षिण अमेरिकी छनोट : साविक विजेता अर्जेन्टिनालगायत १० टोलीको प्रतिस्पर्धा

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

घरेलु खेलहरूका कारण अवरोध भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको रोमाञ्चकता आजबाट सुरु हुँदै छ । गत जुलाईमा कोपा अमेरिका सम्पन्न भएपछि पहिलोपटक दक्षिण अमेरिकी राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय फुटबल हुन आँटेको हो । आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलअन्तर्गत आजबाट दक्षिण अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आज रातिबाटै दक्षिण अमेरिकी छनोट खेलहरू हुने छन्, जहाँ दक्षिण अमेरिकाका १० वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् । साविक विजेता अर्जेन्टिना, सर्वाधिक धेरै पाँच पटकको विजेता ब्राजिल र पहिलो संस्करणको विजेता उरुग्वेजस्ता राष्ट्रले छनोट खेल खेल्दै छन् । आगामी विश्वकपमा साउथ अमेरिकाबाट ६ टोली सीधै छनोट हुँदा एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

Advertisement

७ सेप्टेम्बर २०२३ बाट दक्षिण अमेरिकाका १० राष्ट्रहरूले २०२६ को विश्वकपमा छनोट हुनेगरी खेलहरू खेलिरहेका छन् । सेप्टेम्बर २०२५ सम्ममा यहाँबाट ६ टोली छानिने छन् भने एउटा टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ । अब यो साता दक्षिण अमेरिकी छनोटतर्फ सातौं र आठौं चरणका खेलहरू हुने छन् ।

अर्जेन्टिना भर्सेस् चिली

Advertisement

दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनादले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वीलाई घरेलु मैदान स्टेडियो मास मोनुमेन्टलमा आतिथ्यता प्रदान गर्ने छ । शुक्रबार बिहान ६ः४५ बजे हुने उक्त खेलमा भिड्न आँटेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ भने चिली आठौं स्थानमा संघर्ष गरिरहेको छ ।

सन् २०१५ र २०१६ मा लगातार कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनालाई हराउँदै चिलीले उपाधि जितेको थियो । तर, अहिलेको आफ्नो महादेशमा मात्र नभएर विश्व च्याम्पियन बनेको अर्जेन्टिनालाई चिलीले हराउन कुनै चमत्कार नै हुनुपर्छ । तथापि, कप्तान लियोनल मेसी अर्जेन्टिनी टोलीमा नभएका कारण त्यसको फाइदा उठाउने दाउमा चिली छ ।

बोलिभिया भर्सेस भेनेजुएला

सन् १९९४ यता बोलिभियाले विश्वकप खेल्न पाएको छैन । उक्त संस्करण पनि अमेरिकामै भएको थियो । अब यसपालि पनि दक्षिण अमेरिकाबाट विश्वकपमा सहभागिता जनाउने शीर्ष ६ टोलीभित्र पर्ने बोलिभियाको दाउ छ । बोलिभिया अंक तालिकामा पुछारबाट दोस्रोमा छ । ६ खेल खेलेको बोलिभियाले १४ गोल खाएर तीन अंक बटुलेको छ ।

अब, आज राति १ः४५ बजे बोलिभियाको मैदानमा आतिथ्यता ग्रहण गर्न लागेको भनेजुएला भने वर्ल्ड कपमा नपुग्ने एकमात्र दक्षिण अमेरिकी टोली हो । तथापि, यसपालि भने ऊ चौथो स्थानमा रहेर विश्वकपमा सहभागिता पक्का गर्न कम्मर कसेर लागिपरेको छ ।

उरुग्वे भर्सेस पराग्वे

पहिलो संस्करणको विश्वकप विजेता उरुग्वे यसपालि पनि विश्वकपमा छनोट हुने संघारमा छ । हालै सम्पन्न कोपा अमेरिकामा सेमिफाइनलमा कोलम्बियासँग हारेर अगाडि बढ्न नसकेको उरुग्वले घरेलु मैदानमा सेन्टेनारियोमा पराग्वेलाई डाक्दै छ । यसपालि घरेलु टोली उरुग्वे कोलम्बियासँगको खेलमा अराजकता प्रदर्शन गर्ने खेलाडीमाथि लागेको प्रतिबन्धले हैरान छ ।
मार्सेलो बिएल्सा नेतृत्वको टोलीका डार्विन नुनेज, रोनाल्ड अराउजोलाई प्रतिबन्ध लाग्दा अनुभवी स्ट्राइकर लुइस स्वारेजले अन्तिम खेलका रूपमा खेल्ने छन् ।

ब्राजिल भर्सेस इक्वाडर

ब्राजिलका लागि विश्वकप छनोटको खेलमा मात्र नभई कोपा अमेरिका पनि निराशाजनक रह्यो । नौ पटकको कोपा विजेता ब्राजिल यसपालि क्वार्टरफाइनलबाटै बाहिरियो । यता, विश्वकपमा पनि ऊ छैटौं स्थानमा सीमित छ । पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिलले ७ सेप्टेम्बरमा इक्वाडरलाई आफ्नो मैदानमा निम्त्याउँदै छ ।

कोपा अमेरिकामा इक्वाडर पनि अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएर क्वार्टरफाइनलबाटै बाहिरियो । विश्वकप छनोटमा भने इक्वाडर ब्राजिलभन्दा अगाडि देखिएको छ । यसपालिको विश्वकपमा छनोट हुने लक्ष्यका साथ अगाडि बढेको इक्वाडरले ब्राजिललाई उसैको घरमा हार चखाउने लक्ष्य लिएको छ ।

पेरु भर्सेस कोलम्बिया

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत यो महिनाको अन्तिम खेलका रूपमा पेरु र कोलम्बियाले खेल्दै छन् । कोलम्बियाको लिमामा ७ सेप्टेम्बरमा हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउने लक्ष्यमा हुनेछन् । तथापि, पेरुका लागि कोलम्बियालाई हराउन फलामको चिउरा चपाएसरह हुने देखिएको छ । किनकि, जेम्स रोड्रिग्वेज सम्मेलित कोलम्बियाले हालै सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनालाई हम्मेहम्मे पारेको थियो ।

सन् २०२६ को विश्वकप छनोटका ६ खेल खेल्दा एउटा पनि खेल नहार्ने टोली हो । अरू टोलीले हार खेपे पनि उसले ६ खेलमा १२ अंक जोडेर तालिकाको तेस्रो स्थान हासिल गरेको छ । पेरुले भने विश्वकप छनोटमा हालसम्म एउटा पनि खेल जित्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top