मेसी र रोनाल्डो नै बालोन डी’ओर अवार्डबाट आउट

१९ भदौ ८१, बिहीबार

२० भदौ ,एजेन्सी ।
विश्व फुटबल जगतमा अहिलेका समकालीन फुटबल खेलाडीमा महान खेलाडीमा पर्दछन् । अर्जेन्टिनी खेलाडी लिओनल मेसी र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो । यी दुई खेलाडीका लागि विश्व दुई कित्तामा विभाजित छ । यी दुई खेलाडी नै हुन् जसले फुटबल जगतको सर्वाेत्कृष्ट अवार्ड मानिने बालोन डी’ओर को अवार्ड सर्वाधिक ७ र ५ पटक उचालिसकेका छन् ।

मेसी र रोनाल्डोलाई नै धेरैले अहिलेसम्मकै उत्कृष्ट फुटबल खेलाडी मान्दै आएका छन् । तर, यस पटकको बालोन डी’ओर अवार्डको मनोनयनमा मेसी र रोनाल्डो नै पर्न सकेनन्। कीर्तिमानी आठ पटकका विजेता मेसीसँगै पोर्चुगलका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि अक्टोबर २८ मा प्रदान गरिने अवार्डको दौडमा रहेका ३० खेलाडीको सूचीमा अटाउन सकेनन्।

अहिलेका महान खेलाडी कहलिएका ३९ वर्षे रोनाल्डो र ३७ वर्षे मेसी नै ३० भित्र अटाउन नसकेपछि यसले उनीहरुलाई सन्न्यास लिन सुझाव मिलेको फुटबल पण्डितहरुले टिप्पणी गरेका छन् । भिनिसियस जुनियर, रोड्री, जुड बेलिङ्घम, केलियन एमबाप्पे, एर्लिङ हालान्ड र ह्यारी केन मनोनयनमा परेका छन्।

Advertisement

गत वर्ष पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट इन्टर मियामीमा जाँदा युरोपियन फुटबललाई पछाडि छाडेका मेसीले अझै पनि उच्चस्तरमा प्रदर्शन गरिरहेका छन्। उनको कप्तानीमा जुलाईमा अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो। मेसी सन् २००६ मा पहिलोपल्ट बालोन डी’ओर अवार्डका लागि मनोनीत भएका थिए।

तर, उनले त्यसको तीन वर्षपछि मात्रै उक्त अवार्ड जितेका हुन्। मेसी र रोनाल्डोले आफ्नो करिअरको शिखरमा लगभग दुईतर्फी प्रतिस्पर्धा गरे। २००८ देखि उनीहरूले यो अवार्ड संयुक्त रूपमा १३ पटक जितेका थिए। मनोनयनको सूचीबाट उनीहरूको नाम हट्नुको कारण शीर्ष उडानमा रहेको युरोपियन क्लब फुटबल छोड्नुको कारण मान्न सकिन्छ।

Advertisement

इङ्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड छाडेर रोनाल्डो साउदी अरबको अल–नासर सरेका थिए। मनोनयनमा परेका एमबाप्पे, भिनिसियस जुनियर, बेलिङ्घम र हालान्ड नयाँ पुस्ताका प्रतिभावान् खेलाडी हुन्। स्पेनका उदीयमान किशोर स्टार लामिन यमल पनि यो सूचीमा अटाउन सफल भएका छन्।

गत वर्ष मेसीले म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डलाई पछि पार्दै अवार्ड जितेका थिए। यस पटकको यो अवार्ड जित्ने प्रबल दाबेदार रियल मड्रिडका भिनिसियस जुनियर र बेलिङ्घमका साथै सिटी र स्पेनका मिडफिल्डर रोड्रीलाई लिइएको छ। मेसी सन् २०२२ मा पनि मनोनयनको सूचीमा अटाउन सकेका थिएनन्।

तर, उनले अर्जेन्टिनालाई सोही वर्षको अन्त्यमा विश्वकपको उपाधि जिताएका थिए। त्यसैले उनले सन् २०२३ मा आठौं पटक बालोन डी’ओर जिते। गत वर्ष महिलातर्फको बालोन डी’ओर अवार्ड जितेकी आइताना बोनमती पुनः मनोनयनमा परेकी छन्। अमेरिकी स्टार ट्रिनिटी रोडम्यान, सोफिया स्मिथ, म्यालोरी स्वानसन, एलिसा नेहर र लिन्डसे होरान पनि ३० दाबेदारको सूचीमा छन्।

सन् १९५६ मा फ्रान्सका स्टेनली म्याथ्युजलाई बालोन डी’ओर प्रदान गरिएको थियो। युसेबियो, बबी चार्लटन, जर्ज बेस्ट, जोहान क्रुफ, फ्रान्ज बेकेनबाउर, रोनाल्डो र जिनेदिन जिदानले यसअघि यो अवार्ड जितिसकेका छन्। २०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्। सूचीमा इंग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र आर्सनलका संयुक्त आठ खेलाडी मनोनयनमा परेका छन्।

३० जनाको प्रारम्भिक सूचीमा इंग्ल्याण्डका मात्रै ६ खेलाडी छन्। इंग्ल्याण्डका कप्तान ह्यारी केन, मिडफिल्डर ज्युड बेलिंघम, फिल फोडन, डेक्लन राइस तथा फर्वार्ड बुकायो शाका र कोल पाल्मर सूचीमा परेका छन्। स्पेन तथा बार्सिलोनाका विंगर १७ वर्षीय ल्यामिन यमल समेत बालोन डी’ओरको सूचीमा परेका छन्। अब, यसपालिको बालोन डी‘ओर कसले जित्ला भन्नेमा फुटबलप्रेमीहरूको चासो बढेको छ । फ्रान्स फुटबल फेडेरेसनले खेलपत्रकारहरूले गरेको भोटको आधारमा आगामी अक्टोबर १८ मा विजेताको नाम घोषणा गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top