२० भदौ, विराटनगर ।
बलिउडका ‘किङ खान’ भनेर चिनिने अभिनेता शाहरुख खान भारतमा सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी हुन् । कर तिर्ने भारतीय सेलिब्रेटीहरूमध्ये शीर्ष स्थानमा आउँछन्, ५८ वर्षीय शाहरुख ।
फर्चुन इन्डियाले बुधबार आर्थिक वर्ष २०२३–२४ मा सबैभन्दा धेरै कर तिर्ने भारतीय सेलेब्रिटीको सूची सार्वजनिक गरेको थियो । जसमा उनले शीर्ष स्थान हासिल गरेका हुन् ।
सन् १९९२ मा फिल्म ‘दिवाना’मार्फत् बलिउडमा पाइला चालेका शाहरुखले कुल ९२ करोड भारतीय रुपैयाँ कर तिरेका हुन् । सन् २०२३ मा खानको कुल सम्पत्ति १३ सय करोड भारुले बढेको फोर्ब्सले जनाएको थियो ।
सन् २०२२ मा उनको कुल सम्पत्ति ५ हजार ११६ करोड भारु थियो । जवान र पठानको सफलतापछि यो आठ प्रतिशतले बढेको थियो । पठानले १ हजार ५० करोड भारु आम्दानी गरेको थियो ।यस्तो छ सूची :
१. शाहरुख खान – ९२ करोड (भारु)
२. थलपति विजय – ८० करोड (भारु)
३. सलमान खान – ७५ करोड (भारु)
४. अमिताभ बच्चन – ७१ करोड (भारु)
५. विराट कोहली – ६६ करोड (भारु)
६. अजय देवगन – ४२ करोड (भारु)
७. महेन्द्र सिंह धोनी – ३८ करोड (भारु)
८. रणवीर कपुर – ३६ करोड (भारु)
९. सचिन तेन्दुल्कर – २८ करोड (भारु)
१०. ऋतिक रोशन – २८ करोड (भारु)
११. कपिल शर्मा – २६ करोड (भारु)
१२. सौरव गांगुली – २३ करोड (भारु)
१३. करिना कपुर – २० करोड (भारु)
१४. शाहिद कपुर – १८ करोड (भारु)
१५. मोहनलाल – १८ करोड (भारु)