कोलकाता डाक्टर हत्या प्रकरण : शव अन्त्येष्टि गर्न दबाब दिइएको परिवारको गुनासो !

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर । 

कोलकातामा चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिना बित्न लागेको छ । अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेको थियो ।

चिकित्सकको मृत्युपछि कोलकातामात्र नभएर भारतभरि नै ती चिकित्सकका लागि न्यायको माग गर्दै प्रदर्शन भएको थियो । तर, अरूतिर धेरैहदसम्म विरोध प्रदर्शन र हडताल शान्त भए पनि कोलकाता जस्तो विशाल सहरमा नियमित प्रदर्शनहरू जारी छन् ।

Advertisement

महिलाविरुद्ध हिंसाको दीर्घकालीन समस्यालाई लिएर कोलकातामा आक्रोश बढेको छ । उक्त नृशंस हत्याले सम्पूर्ण कोलकातामा विरोध प्रदर्शन जारी छ । महिलाहरूको सुरक्षा अवस्थाको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरिरहेका छन् ।

बिहीबार (आज) बिहान पनि भारतीयहरूको विशाल भिडले मैनबत्ती लिएर कोलकाताका सडकहरूमा जुलुस निकालेको थियो ।चम्किरहेको मैनबत्ती र माटोको दियोमा लेखिएको एक सन्देशमा भनिएको छ, ‘हामी न्याय चाहन्छौँ’ । प्रदर्शनकारीहरूले बोकेका प्रतीकमा लेखिएको थियो, ‘उज्यालो होस्, न्याय होस्’ ।

Advertisement

कोलकोताको जुलुसमा करिब एक लाख मानिसले भाग लिएको प्रहरीले बताएको छ । बुधबार साँझ अबेरसम्म हडतालमा रहेका सयौँ चिकित्सकसँगै हजारौँ मानिस भेला भएर विरोधमा मानव शृङ्खला बनाउन एकअर्काको हात समाइरहेका थिए ।

यसबीचमा कोलकातामा एक घण्टाका लागि बत्ती निभाइएको थियो । जसले गर्दा अँध्यारोमा परिणत भएकझ सहरको एउटा ठुलो हिस्सामा प्रदर्शनकारीहरूले बलिरहेको मशाल बोकेर सहरको अँध्यारो आकाशलाई उज्यालो बनाइरहेका थिए ।

न्याय नमिलेसम्म आफूहरू बारम्बार रात बिताउने आन्दोलनकारीको अडान छ । महिलाहरूले भारतीय झण्डा फहराउँदै सामूहिक धर्ना दिएर सडक अवरुद्ध गरेकाले कोलकाताका सामान्यतया व्यस्त हुने मुख्य सडकहरूमा यातायात रोकिने गरेका छन् ।

कहिलेकाहीँ भीडले क्रोधमा चिच्याउँदै ‘वि वान्ट जस्टिस’ भन्ने नारा लगाउँथे । तर मैनबत्तीहरू जलाउन सुरु गरेपछि त्यो नारा बिस्तारै नरम गीत गाउनुअघि शान्त प्रतिबिम्बमा रोकिने गरेका छन् ।

हत्या गरिएकी चिकित्सकका पिताले पनि शव फेला परेको अस्पतालबाहिरको जुलुसमा कुराकानी गरेका थिए । उनले छोरीको हत्यापछि आफ्नो परिवारलाई मानसिक रूपमा स्तब्ध बनाएको प्रतिक्रिया दिएका थिए ।

यस्तै, उनले आफ्नो परिवारमाथि छोरीको शवलाई चाँडोभन्दा चाँडो अन्त्येष्टि गर्न ‘धेरै दबाब’ दिइएको बताएका छन् । जसक्रममा आक्रोशित हुँदै उनले भनेका छन्, ‘हामी उनको शव राख्न चाहन्थ्यौँ । उनको अन्त्येष्टि गर्न के हतार थियो ? उनको मृत्यु रहस्यले ढाकिएको छ ।’

प्रदर्शनकारीहरूले हत्या गरिएकी चिकित्सकलाई ‘अभया’ उपनाम दिएका छन् । यसको अर्थ निडर हो ।

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ । तर, अनुसन्धानको तरिकालाई लिएर पश्चिम बंगाल सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

सम्बन्धित समाचार

Scroll to Top