३ वर्षपछि नेपालमै नोट छापिने, सेक्युरिटी प्रेस राख्न सरकारले खुलायाे टेण्डर

काठमाडौं,असोज ६

Advertisement

सरकारले नोटसमेत छाप्ने गरी सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राख्ने काम अघि बढाएको छ । सेक्युरिटी प्रिन्टिङ केन्द्रले प्रेस राख्नका लागि इलेक्ट्रिक पावर एण्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चर जडानको तयारीमा जुटेको छ ।

केन्द्रले इलेक्ट्रिक पावर एण्ड इलेक्ट्रोमेकानिकल इन्फास्ट्रक्चरको आपूर्ति, जडान र सञ्चालनका लागि बोलपत्र आब्हान गरेको छ । आउँदो कात्तिक ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकेको छ । प्रेस राख्नअघि आवश्यक इलेक्ट्रिक पावर र इलेक्ट्रोमेकानिकल उपकरण जडानका लागि काम शुरु गरिएको केन्द्रका खरिद अधिकृत मनिक महर्जनले बताए । सेक्युरिटी प्रेस राख्न अघिको पुर्वतयारी भएको उनले बताए ।

Advertisement

सेक्युरिटी प्रेस राख्न विशेष किसिमको विद्युत आपूर्ति प्रणाली आवश्यक पर्ने भएकाले पहिलो चरणमा यसको खरिद प्रक्रिया अघि बढाएको उनको भनाई । पुर्वाधार जडानपछि सेक्युरिटी प्रेसका लागि बोलपत्र आब्हान हुने महजर्नले जानकारी दिए । सेक्युरिटी प्रेस ३ वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भएको उनले सुनाए ।

सेक्युरिटी प्रेसले कागजी नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजातलगायतको एकिकृत छपाइ गर्ने छ । हाल बैंक नोट, राहदानी, बैंकको चेकलगायत सुरक्षण सम्बन्धित सम्पुर्ण छपाई विदेशमा हुने गरेको छ । सुरक्षण छपाइमा मात्रै वर्षेनी अर्बौँ रुपैयाँ विदेशिने गरेको छ । यसलाई रोक्न र सुरक्षाका लागि भन्दै सरकारले स्वदेशमै नोट छपाइलगायत सबै काम गर्नका लागि उच्च प्रविधियुक्त प्रेस राख्न लागेको हो ।

Advertisement

सरकारी छपाइका लागि मुद्रण विभाग सञ्चालनमा रहेपनि नोट, राहदानीलगायत अन्य सुरक्षणको छपाइ विदेशमा निर्भर हुन परेको छ । सरकारले मुद्रण विभागबाट छपाइको तयारी गरेपनि पछि सुरक्षाको कारण देखाउँदै विदेशमा छपाइ हुँदै आएको छ । राष्ट्र बैंकले चीन, भारत, इण्डोनेशियालगायत मुलुकमा प्रतिस्पर्धाबाट बैंक नोट छाप्दै आएको छ । वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी रकम बैंक नोट छाप्नमा विदेशिने गरेको छ । यस्तै, एमआरपी राहदानी फ्रान्सको ओवर्थर टेक्नोलोजीमा छापेको छ ।

दुई वर्षअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा लगानी बोर्डको २४ औं बैठकले नोट, चेकवुक लगायत अन्य सुरक्षण छपाइका लागि नेपालमै सेक्युरिटी प्रेस राख्ने निर्णय गरेको थियो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top