१० खेलाडीमा सीमित बनेको टर्कीसँग बराबरी खेल्यो वेल्सले

२२ भदौ ८१, शनिबार

२२ भदौ, एजेन्सी ।

Advertisement

युरोपियन फुटबल महासंघको आयोजनामा जारी चौथो संस्करणको युरोपियन नेसन्स लिगमा वेल्सले टर्कीसँग बराबरी खेल्दै अंक बाँडेको छ । शुक्रबार राति समूह चरणको पहिलो खेल खेलेको वेल्सले टर्कीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु मैदान कार्डिफ सिटी स्टेडियममा भएको खेलमा वेल्सले पाहुना टोली १० खेलाडीमा सीमित हुँदा पनि जित निकाल्न सकेन । खेलको खेलको ६२औं मिनेटमा बारिस अल्फेर यिल्माजले रातो कार्ड पाएर मैदान छोडेका थिए ।

Advertisement

तर, पनि आरोन राम्से सम्मेलित टोली वेल्सले त्यसको फाइदा उठाउन सकेन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top