२२ भदौ, एजेन्सी ।
आक्रमणको धम्कीपछि भारतीय यात्रुवाहक विमान टर्कीमा आपत्कालीन अवतरण गराइएको छ । भारतीय एयर भिस्टारा यात्रु विमानले बमको धम्कीपछि शुक्रबार पूर्वी टर्कीमा आपत्कालीन अवतरण गरेको हो ।
भिस्टाराको युके २७ विमान मुम्बईबाट जर्मनीकाे फ्रान्कफर्ट जाँदै गरेको थियो । दुई सय ३४ यात्रु र चालक दलका १३ सदस्यसहित दुई सय ४७ बोकेको विमान एर्जुरम विमानस्थलमा अवतरण गरेको थियो । धम्की दिनेको खोजी भइरहेको बताइएको छ ।
भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त उद्यम विस्ताराले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । टर्कीका अधिकारीहरूले अहिलेसम्म बमको खतरा वा चेतावनीबारे विस्तृत विवरण दिएका छैनन् ।