इजरायली सेनाको गोली लागेर युवतीको मृत्यु, प्रदर्शन गरिरहेको बेला टाउकोमा लाग्यो गोली

२१ भदौ ८१, शनिबार

२२ भदौ, एजेन्सी ।

इजरायली सेनाको गोली लागेर प्रदर्शन गरिरहेकी अमेरिकी-टर्की युवतीको मृत्यु भएको छ । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोलाबारीमा टाउकोमा गोली लाग्दा २६ वर्षीया आयसेनुर इज्गी एगीको मृत्यु भएको छ ।नाब्लुसनजिकै रहेको बेइटा भन्ने ठाउँमा शुक्रबार इजरायली सेनाको गोलीबाट उनको मृत्यु भएको ‘द गार्जियन’ ले लेखेको छ ।

दोहोरो नागरिकता भएकी उनी उक्त सहरमा नयाँ यहुदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार एगीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन् । इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ ।

Advertisement

शुक्रबारको प्रदर्शनमा संलग्न अन्य व्यक्तिका अनुसार एगी अन्तर्राष्ट्रिय एकता आन्दोलनसँगको प्रदर्शनमा यो पहिलोपटक भाग लिइरहेकी थिइन् । अन्तर्राष्ट्रिय एकता आन्दोलन (इन्टरन्यासनल सोलिडारिटी मुभमेन्ट) प्यालेस्टाइन समर्थक समूह हो ।यसैबीच युवती मारिएको घटनालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘दुःखद’ भनेका छन् भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कारबाहीलाई ‘बर्बर’ भनेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top